News Category 2070/07/06
निर्वाचन अधिकृतको टोलीद्वारा विभिन्न क्षेत्रको अनुगमन
दैनिक संवाददाता
राजविराज, ५ कात्तिक ।
आगामी मंसीर ४ गते हुन गईरहेको संविधानसभाको निर्वाचनको आचार संहिता उल्लघंन सम्बन्धी सप्तरीका ४ वटा निर्वाचन क्षेत्रमा अनुगमन सम्पन्न गरिएको छ ।
सप्तरीको क्षेत्र नंं. १, २ र ५ मा निर्वाचन अधिकृतहरु चन्द्रबहादुर शारु, राजेन्द्र अधिकारी, तेजनारायण पौडेल, कमलप्रसाद पोखरेल र बद्री ओलीको टोलीले सो क्षेत्रहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ती क्षेत्रहरुमा भारतीय तथा नेपाली गाडीहरु निर्वाचन कार्यालयको अनुमति बगैर नै उम्मेदवारहरुले प्रचार प्रसारका निम्ति प्रयोग गरिएको पाईएकोले ती उम्मेदवारहरुलाई प्रत्यक्ष रुपमा अनुमति लिन टोलीले निर्देशन दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
सोही क्रममा अनुगमन टोलीले उम्मेदवारहरुको प्रचार प्रसारका निम्ति आचार संहिता विपरीत रंगीन पोष्टरहरु टाँसिएको समेत फेला परेको उहाँले जानकारी दिनुभयो । यस्तै मंगलबार पनि सोही टोलीले सप्तरीको क्षेत्र नं. ४ मा आचार संहिता सम्बन्धी अनुगमन गरेको छ । सो क्षेत्रमा पनि अनुमित बगैर नै भारतीय गाडीहरु प्रयोग र रंगीन पोष्टरहरु टाँसिएको फेला पारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ