News Category 2070/07/07

बैद्य माओवादीका तीन जनाद्वारा पार्टी परित्याग

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ६ कात्तिक । 
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया सेक्रेटरी सुरेन्द्र प्रसाद यादव सहित तीन जनाले बुधवार सो पार्टी परित्याग गरेका छन् ।
बथनाहा गाविस–२ निवासी यादव सहित सोही गाविस–८ निवासी मनोज कुमार यादव र सोही गाविस– ७ निवासी रामलखन राउतले बुधवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा–माओवादी परित्याग गरेका हुन् ।
नेकपा–माओवादीले मधेशको मुद्दामा स्पष्ट धारणा नबनाई मधेशको मुद्दालाई ओझेलमा पार्ने षडयन्त्र गरेकोले सो पार्टी परित्याग गरेको संयुक्त रुपमा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट