News Category 2074/01/04
सप्तरीका पत्रकारहरुको आन्दोलनमा प्रेस मञ्चको समर्थन
दैनिक समाचारदाता
राजबिराज, ३ बैशाख ।
काठमाडौंमा जारी सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति सम्बन्धित निकायले ध्यान नदिएको भन्दै प्रेस मंच सप्तरीले नेपाल पत्रकार महासंघ सप्तरी शाखा राजविराजमा एक घण्टा धर्ना दिएको छ ।
पाँच दिनदेखि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौंमा सप्तरीका पत्रकारहरुले अनिश्चितकालीन धर्नामा बस्दा पनि माग सम्वोधन नगरेको भन्दै प्रेस मंच सप्तरीले आईतबार सप्तरी शाखा अगाडी बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको जिल्ला अध्यक्ष शुभचन्द्र झाले जानकारी दिनुभयो ।
यस्तै सप्तरीका पत्रकाहरुले काठमाडौं केन्द्रीय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपाल सुनसरीले पत्रकार महासंघ सुनसरीको कार्यालयमा एक घण्टा धर्ना दिएका छन् ।
प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य चन्दन रौनियारको नेतृत्वमा सप्तरी शाखामा देखिएको समस्यालाई तत्काल समाधान गर्नका लागि जोरदार माग गर्दै सुनसरी शाखामा तालाबन्दी तथा धर्ना दिएका हुन् ।
यस्तै प्रेस मञ्च नेपाल पर्साले सप्तरीका पत्रकारहरुको सर्मथनमा मधेशका सम्पुर्ण जिल्लामा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना र बिरगंजमा मोटरसाईकल ¥याली निकालेको छ ।
प्रेस मञ्च नेपाल पर्साका अध्यक्ष बिजय ठाकुरका नेतृत्वमा सप्तरी शाखामा देखिएको समस्यालाई तत्काल समाधान गर्नका लागि जोरदार माग गर्दै महासंघ पर्सा शाखामा धर्ना दिएका थिए । धर्नापछि मञ्च पर्साका पदाधिकारीहरुले बिरगंजमा मोटरसाइकल ¥याली समेत निकालेका थिए ।
प्रेस मञ्च नेपालले सप्तरीका पत्रकारहरुको समर्थनमा मधेसका जिल्लाहरु बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, मोरङ, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, चितवनसहितको जिल्लामा पत्रकार महासंघ कार्यालय अगाडि एकैपटक साथ एक घन्टा धर्ना दिएको प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ