News Category 2074/01/11
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० वैशाख ।
सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अर्को दुर्घटनमा एक बालिका घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहा सडक खण्डमा शनिबार साँझ दुध बोक्ने ट्याङ्ककरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको भारदह–८ भलुवा हाल हनुमानगर कंकालनी नगरपालिका १ निवासी ७० वर्षिय बातर यादव रहेको प्रहरीले जनाएको छ ।
साइकलबाट घरतर्फ गईरहेको अवस्थामा बाटो काटनेक्रममा पूर्वबाट पश्चिमतर्फ गईरहेको को १ ख ३२०६ नम्बरको दुध बोकने ट्याङ्ककरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचप्रले जनाएको छ ।
ठक्कर दिने ट्याङ्ककरसहित चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको कंचनरुप नगरपालिका ११ मा ट्रकको ठक्करबाट मोटरसाईकलमा पछाडी सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने अन्दाजी २५ बर्षिया अनिता चौधरी रहेकी छन् ।
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८५५९ नम्बरको ट्रकको ठक्करबाट सोही दिसातर्फ जाँदै गरेको मे ७ प ४३७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट घाईते चौधरीको उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ट्रक, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।
त्यस्तै रुपनी गाउँपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट एक बालिका घाईते भएकी छन् ।
घाईते हुनेमा सोहि ठाउँ बस्ने अकबर मियाको ५ बर्षिया छोरी कलिम मिया रहेकी छन् । बालिकालाई बाटो पार गर्ने क्रममा स १ च ८६५ नम्बरको भ्यानले ठक्कर दिएको थियो । ठक्करवाट घाईते बालिकालाई उपचारकालागी सगरमाथा अंचल अस्पताल राजविराज पठाईएकोमा थप उपचारकालागी धरान घोपा पठाईएको छ । भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ