News Category 2074/01/12
स्कारपियोको ठक्करबाट एकको मृत्यु, अन्य घटनामा तीन घाइते
दैनिक समाचारदाता
राजविराज, ११ वैशाख ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट आइतबारराति एक जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य दुई दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पताल ल्याउने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै साइकलमा सवार अर्का सोही गाउँपालिका निवासी २३ वर्षीय मुकेशकुमार यादव समेत घाइते भएका छन् । उनको पनि न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरीको खड्क नगरपालिका ६ स्थित पूर्व पश्चिम राजमार्गमा हाईस बसले मोटरसाईकल र साईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।
घाईते हुनेमा स ४ प ६८२५ नम्बरको मोटरसाईकलमा सवार राजविराज नगरपालिका ५ बस्ने सत्य नारायण चौधरी र साईकलमा सवार खड्क नगरपालिका ६ बस्ने अवतार अन्सारी रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ५५०० नम्बरको हाईस बसले सोही दिसातर्फ आउँदै गरेका उनीहरुलाई दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते साईकलका चालकलाई उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । त्यस्तै मोटरसाईकल चालकको स्थानिय मेडीकलमा उपचार भईरहेको छ। ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ ।
यसैगरी कन्चनरुप नगरपालिका १२ सडक खण्डमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । स १ त ३६०४ नम्बरको ट्याक्टरको ठक्करबाट बा ५८ प २२०९ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० बर्षिय उपेन्द्र प्रसाद पोख्रेल घाईते भएका हुन् ।
घाईते पोख्रेललाई उपचारकालागी बिराटनगरस्थित गोल्डेन अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ट्याक्टरका चालक फरार रहेकाले खोजीकार्य भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ