News Category 2070/07/10
सप्तरी का“ग्रेसबाट कोषाध्यक्ष, सचिवपछि उपसभापतिद्वारा पार्टी परित्याग
राजविराज÷नेपाली काँग्रेस सप्तरीका उपसभापति निरु पोखरेलले शनिबार पार्टीको साधारण सदस्यता समेत परित्याग गर्नुभएको छ ।
राजविराजमा शनिबार पत्रकार सम्मेलन गरी पोखरेलले आसन्न संबिधानसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नम्बर १ को क्षेत्रीय समितिबाट प्रत्यक्ष र समानुपातिक तर्फबाट सिफारिस कसैलाई पनि उम्मेदवार नबनाएको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो ।
क्षेत्रीय समितिबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस भएपनि पार्टीले सिफारिस भएका कुनै पनि व्यक्तिलाई उम्मेदवार नबनाएर अधिकांश कार्यकर्ताको भावनासँग खेलवाड गरेकाले बाध्य भई पार्टी छाडेको पोखरेलले बताउनुभयो ।
आफ्नो राजीनामा पत्र शनिबारै पार्टीको जिल्ला सभापति मार्फत केन्द्रयि समितिमा पठाउने बताउनुहुँदै पोखरेलले काँग्रेसबाट राजीनामा दिएपनि अन्य कुनै पार्टीमा प्रबेश नगरी बिरुद्ध समाजसेवामा समर्पित हुने बताउनुभयो ।
यसअघि आगामी मंसीर ४ गते हुने निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार नबनाएको भन्दै नेपाली काँग्रेस सप्तरीका सचिव सबुरलाल साहुले गत असोज १७ गते पार्टी परित्याग गरी सप्तरीको क्षेत्र नम्बर ५ मा पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर ५ मा काँग्रेसले तेजुलाल चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काँग्रेस सप्तरीका कोषाध्यक्ष शम्भु झाले पार्टीले मधेशको मुद्दामा स्पष्ट प्रष्ट नभएको भन्दै करिब ६ महिनाअघि काँग्रेस परित्याग गरी मधेशी जनअधिकार फोरम नेपालमा प्रबेश गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ