News Category 2074/01/13
मलेठ घटनामा मारिएका परिवारजनलाई आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका परिवारजनलाई अमेरिकामा रहेका नेपालीहरुको तर्फबाट सहयोग उपलब्ध गराईएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले राष्ट्रिय जनता पार्टीका केन्द्रीय नेता प्रा. अमरकान्त झा मार्फत पठाईएको उक्त कुल रकम ३६ हजार ६९ रुपैयाँबाट जनही सात हजार रुपैयाँका दरले तथा बाँकी रहेको रकमको फलफूल वितरण गरिएको हो ।
मलेठ घटनामा प्रहरीको गोली लागि मृत्यु भएका मलेठ २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ ४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी ४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र मलेठ–४ का विरेन्द्र महतोका परिवारजनलाई सहयोग रकम उपलब्ध गराएका छन् ।
सो अवसरमा केन्द्रीय युवा नेता एवम् राजनीतिक विष्लेशक डा. सुरेन्द्र कुमार झा, पूर्व सांसद हरि प्रसाद राय, केन्द्रीय नेता दिपेन्द्र प्रसाद चौधरी, रामप्रित यादव, जिल्ला नेताहरु वीरेन्द्र साह, रञ्जित झा समेतको टोलीले उक्त सहयोग प्रदान गर्नुभयो ।
यसैगरी जमुनी मधेपुराका शहिद ईनर यादवको परिवारजनलाई मङ्गलवार विहान घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको छ । उक्त रकम अमेरिकामा रहेका आयुष श्रेष्ठ, अञ्जय श्रेष्ठ, सङ्गीता झा श्रेष्ठ, रतन कुमार झा, निलु झा खतिवडा, अभिशेक झा, अमित रञ्जन र सुमिरा थापाले मलेठ घटनामा सहादत प्राप्त गरेका परिवारजनको सहयोगार्थ पठाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ