News Category 2074/01/13
महाभुकम्प गएको दुई वर्ष पुरा
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
२०७२ साल बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भुकम्प गएको २ वर्ष पुरा भएको छ ।
जसकारण नेपालमा ठूलो धनजनको क्षति भएको थियो । तर, दुई वर्ष पुरा हुँदा समेत बैशाख १२ गते सम्पूर्ण नेपालीको मनमस्तिकमा यसको झझल्को आइनै रहेको हुन्छ ।
गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भुकम्पमा परि ८ हजार ६ सय १८ जनाले ज्यान गुमाएका थिए भने १६ हजार ८ सय ८ जना घाइते भएका थिए । भूकम्पले २८ लाख घरवार विहिन भएका छन् ।
सरकारले १४ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरेको थियो । सवैभन्दा बढी सिन्धुपाल्चोकमा ३५ सय ७० जनाले ज्यान गुमाए भने ९० प्रतिशत वढी संरचना ध्वस्त भएका थिए । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ ।
२०४५ सालपछिको यो सबैभन्दा ठूलो भुकम्प थियो । सो भूकम्प गएको ५ मिनेटपछि फेरी अर्को भूकम्पको धक्का महशुस गरिएको थियो भने त्यसको आधा घण्टापछि पुनः भुकम्पको धक्का महसुस गरियो । भुकम्पको झट्का लगातार तीन घण्टासम्म चलिरहेको थियो ।
यस्तै काठमाडौंको मुटुमा रहेको ऐतिहासिक धरहरा (भीमसेनस्तम्भ) ध्वस्त भएको थियो भने त्यहाँबाट राजधानी उपत्यकाको दृश्यावलोकन गर्न गएका तथा आसपासका क्षेत्रमा बसेका ७० जनाको मृत्यु भएको समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ