News Category 2074/01/14
४० दिनदेखी बन्द सप्तरीका सम्पूर्ण गाउँपालिका र नगरपालिकाको ताला खुल्यो
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
परिमार्जनसहित संविधान संशोधन र जनसंख्याको आधारमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गत चैत ३ गतेदेखी जिल्लाका सम्पुर्ण स्थानिय तहका कार्यालयहरुमा लगाएको ताला बुधबारदेखी खोलेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले स्थानीय तह पुर्नसंरचनाको बिषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोल्ने निर्णय गरिएको जानकारी दिदै यदी सरकारले कुनै कारणवश पुनः बेइमानी गरेको खण्डमा मोर्चाले तालाबन्दी भन्दा पनि सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।
विगत ४० दिनदेखी बन्द रहेको स्थानिय तहका कार्यालयहरु खुलेपछि सेवाग्राहीहरुले जन्म दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिस तथा अन्य अति आवश्यक कार्यहरु गर्न गराउन पाएका छन् ।
जिल्ला समन्वय समिति सप्तरीमा हाल ९ वटा नगरपालिका र ८ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ ।
सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका कायम छ । यी मध्ये सप्तकोशी नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएपछि स्थायिनहरुको आन्दोलन पश्चात् सप्तकोशीलाई पुनः नगरपालिका कायम गरिएको हो ।
यस्तै कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, विषणपुर गाउँपालिका र रुपनी गाउँपालिका गरि ८ गाउँपालिका कायम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ