News Category 2074/01/14
सप्तरीका चार निर्वाचन अधिकृतहरू फिर्ता
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
स्थानीय तहको निर्वाचनतालिकामा फेरबदल भएपछि सप्तरीमा स्थापना भएको चार निर्वाचन अधिकृतको कार्यालयहरुबाट अधिकृतहरु मंगलबार फिर्ता भएका छन् ।
जिल्लाको ९ नगरपालिका र ८ गाउँपालिकाका मध्ये शम्भुनाथ नगरपालिका र सुरुङ्गा नगरपालिका तथा कृष्णसवरण र तिलाठी कोइलाडी गाउँपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट अधिकृतहरु फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो ।
यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय बैशाख ३ गते नै राजविराजमा स्थापना भइसकेको छ र हाल संचालनमै रहेको छ । उक्त कार्यालय सप्तरी सदरमुकाम राजविराजस्थित पुरानो सडक विभागको भवनमा स्थापना गरिएको छ । जसको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका मुख्य न्यायाधिश शारदा प्रसाद कोइरालालाई तोकिएको छ ।
यता निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशन भएपछि मात्र बाँकी रहेका १६ वटै निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिने निर्वाचन अधिकारी ठाकुरले बताउनुभयोभयो ।
यस्तै शनिबार निर्वाचन कार्यालयले मतदाता शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्दै गर्दा आन्दोलनरत मधेशी मोर्चाले बिथोलेपछि सो कार्यक्रम समेत स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ