News Category 2070/07/29
संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गराउन आफ्नो दलको जित जरुरी ः अध्यक्ष पासवान
दैनिक संवाददाता
राजविराज, २८ कात्तिक ।
दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानमा दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको जित जरुरी रहेको बताउनुभएको छ ।
सप्तरीको पत्थरगाडा गाविसमा आयोजित बिहीवार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पासवानले अघिल्लो संबिधानसभामा आफ्नो दलको उपस्थिति सम्मानजनक नभएकाले संबिधान बन्न नसकेको जिकिस समेत गर्नुभयो ।
दलित, मुस्लिम, जनजाती आदीबासी लगायतको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको संबिधानमा बलियो उपस्थिति हुनु जरुरी रहेको जिकिर गर्नुहुँदै अध्यक्ष पासवानले आफुहरु पहिचान र अधिकार सम्पन्न संघीयताको पक्षमा रहेको बताउनुभयो ।
दलित जनजाती पार्टी पत्थरगाडा गाउँ कमिटीका अध्यक्ष हरेराम मंडलको अध्यक्षतामा आयोजित सभामा सो पार्टीका केन्द्रीय उपाध्यक्ष डा. सिताराम राम, दलित जनजाती पार्टी क्षेत्र नम्बर २ का उम्मेदवार राजकिशोर खंग, क्षेत्र नम्बर ४ का उम्मेदवार चुल्हाई मण्डल, क्षेत्र नम्बर ६ का उम्मेदवार मो. इस्लाम लगायतले बोल्नुभयो ।
दलित जनजाती पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज राजकुमार मंडलद्वारा सञ्चालित कार्यक्रममा सो पार्टीका समानुपातिक तर्फका उम्मेदवार मो. हबिबुलले स्वागत गर्नुभयो ।
यसअघि सप्तरीका खरचुहियामा बिहीवारै आयोजित चुनावी सभालाई अध्यक्ष पासवानले सम्बोधन गर्नुभयो ।
दलित जनजाती पार्टीका क्षेत्रीय अध्यक्ष बन्हु पासवानको अध्यक्षतामा आयोजित सभामा सो पार्टीका ५ नम्बर क्षेत्रका उम्मेदवार मो. याकुब, क्षेत्र नम्बर १ का उम्मेदवार कुशेश्वर साह, सो पार्टीका गुदर सदा लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ