News Category 2074/02/13
फोरमबाट शम्भुनाथ नपामा १० मेयर तथा ६ जना उपमेयरका आकांक्षी
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपाल सप्तरीले शुक्रबार शम्भुनाथ नगर स्तरिय भेला सम्पन्न गरेको छ ।
संयोजक कन्तलाल चौधरीको अध्यक्षतमा सम्पन्न भेलामा शम्भुनाथ नगरपालिकाको मेयर पदका लागि दुई जना महिलासहित १० जना तथा उपमेयर पदका लागि ६ जना आकांक्षी देखिएका छन् ।
जसमा मेयरका लागि सरोज कुमार चौधरी, कन्तलाल चौधरी, चन्द्रकान्त मंडल, दुर्गा प्रसाद साह, राम स्वागत बिक, श्याम नारायण साह, संसारी चौधरी, अज्जव थारु, भारती देवी चौधरी र सूर्य नारायण सरदार आकांक्षी देखिएका छन् ।
यस्तै उपमेयर पदका लागि सुनिता साह, दिल कुमारी चौधरी, रेखा कुमारी चौधरी, सुखरीदेवी राम, जयमाला विश्वकर्मा र दयामन्ती चौधरीले आ–आफ्नो दाबी पेश गर्नुभएको छ ।
फोरमका केन्द्रिय सदस्य चित्तनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला सदस्यहरु दिलकुमारी चौधरी, राम स्वागत बिक, गणसु चौधरी, विष्णु गुप्ता, संसारी चौधरी र उपेन्द्र प्रसाद चौधरीको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य सरोज कुमार चौधरीले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ