News Category 2070/08/02
नेकपा–माओवादीका तीन कार्यकर्ता पक्राउ
दैनिक संवाददाता
राजविराज, २ मंसीर ।
निर्वाचन हुन दुई दिन मात्र बाँकी रहदाँ सप्तरीको हनुमाननगरबाट प्रहरीले आज विहान मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
हनुमाननगर बजारमा घुमिरहेका बेला प्रहरीले नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार र नेकपा–माओवादी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष फरेबी सदालाई नियन्त्रणमा लिएको छ । त्यस्तै मजदुर संगठनका जिल्ला अध्यक्ष भोलाप्रसाद यादव (भोली) लाई प्रहरीले राजविराज नगर क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
निर्वाचनका मुखमा निर्वाचन बिरोधी गतिबिधीहरु गर्न सक्ने आशंकामा दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको प्रबक्ता चौधरीले बताउनुभयो ।
यसअघि गत बुधवार प्रहरीले सप्तरीको महुलीबाट नेकपा–माओवादीका जिल्ला सेक्रेटरी दिपेन्द्र माझीलाई नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ