News Category 2074/03/10

चन्दर चौधरी राजपामा प्रवेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ असार । 
राष्ट्रिय जनता पार्टी नेपालमा साविकको राजविराज नगरपालिका २ का समाजसेवी चन्द्रशेखर चौधरी सहितका दर्जनौ नेताहरु शुक्रबार पार्टीमा प्रवेश गरेका छन ।
हाल राजबिराज नगरपालिका वडा नं. १ समाजसेवी चौधरी राप्रपा नेपाल तथा अन्य व्यक्तिहरु अन्य पार्टी परित्याग गरि सो पार्टीमा प्रवेश गरेका छन् ।
राजविराज ९ स्थित राजदेवी मन्दिरको प्राङ्गणमाा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपा नेपालका केन्द्रिय नेता मृगेन्द्र कुमार सिंह यादव, गजेन्द्र कुमार मण्डल, सत्य नारायण यादव, किशोर कुमार यादव, बिनोद कुमार यादव सहितकाहरुले फुल, माला र अबिर लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट