News Category 2074/03/18
बाढीले सप्तरीको विभिन्न स्थान जलमग्न, बाढीमा परेर एक सशस्त्र जवानको मृत्यु, एक शव फेला
राजविराज÷शुक्रबार रातीदेखिको वर्षाले सप्तरीस्थित विभिन्न खोलाहरुमा आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाहरुको दर्जनौं बढी गाउँ प्रभावित भएको छ ।
अबिरल बर्षाको कारण जिल्ला अन्तर्गत विभिन्न खोला नदीमा आएको बाढीका कारण राजबिराज नगरपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउपालिका, रुपनी गाउँपालिका, तिलाठी कोईलाडि गाउपालिका, कृष्णासवरण गाउपालिकाका स्थानहरुमा बाढीको पानी पसेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार १ हजार ५ सय घर डुवानमा परेको छ । बाढीवाट प्रभावित स्थानमा प्रहरी तथा स्थानियहरुको सहयोगमा उद्दार कार्य गरिएको जनाइएको छ ।
यता जिल्लाको खाँडो, विगुल, त्रियुगा, महुली र सुन्दरी खोला लगायतमा बाढी आएको हो । बाढीले खोलाको बाँध ओभरफ्लो र केही ठाउँमा कटानसमेत भएर बाढी गाउँ बस्तीतर्फ पसेको हो । बाढीले हजारौं विगहामा लगाइएको धानबाली समेत डुबानमा परेको छ ।
यसैबीच जिल्लाको लौनियाँमा खोलाले वगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन ।
यस्तै सशस्त्र प्रहरी बेस क्याम्प बर्साइनको छेउमा आएको बाढीको पानीमा डुबेर २९ वर्षिय प्रहरी जवान सुमन आचार्यको मृत्यु भएको छ । बाढीको पानीको गहिराई जाँच्ने क्रममा इलाम घर भएका जवान आचार्यको पानीमा डुवेर वेपत्ता भएका थिए । वेपत्ता भएका उनको शव शनिबारै दिउँसो फेला परेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प वर्साइनले जनाएको छ ।
खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ । उक्त औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको हो । सोही बाढीले बसबिट्टी र राजविराज नगरपालिका १ डुमरी शिवथान, राजविराज ९ मलेठका सय घरमा पानी पसेपछि स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ । यस्तै जिल्लाको तिलाठी, रायपुर लगायतका स्थानमा पनि पानी पसेको स्थानियहरुले बताएका छन् ।
यसैगरि बस्तीमा अचानक पानी पस्दा मलेठका मो. यासिनको कुखुरा फर्ममा रहेका करिब १ हजार ५ सय कुखुरा समेत पानीमा बगेको पीडितले बताए । यस्तै लौनियाँ, मैनाकडेरी, वसविट्टि, पौंवा, मुसहरनिया पिपराही, पकरी, रम्पुरा, मल्हनियाँ लगायतका गाउँ डुवानमा परेको छ ।
यसैगरि महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा ४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा परेको छ । यसैगरी सुन्दरी खोलाको बाँध भत्किएर लोहजारस्थित दर्जन बढी घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न बनेको छ ।
यता बाढी प्रभावित क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरेको र उद्धार आवश्यक भएको ठाउँमा उद्धारसमेत भईरहेको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्विवेदीले जानकारी दिनुभयो ।
यसैबीच बाढी पीडितहरुले राजविराज रुपनी सडक खण्ड अन्तरगत मलेठमा चक्काजाम समेत गरेका छन् । उनीहरुले समयमा स्थानिय प्रशासनले ध्यान नदिएको भन्दै बाढीले क्षति पु¥याएको भन्दै चक्काजाम गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ