News Category 2074/03/21
बाढीका कारण विभिन्न स्थानमा क्षति, राहत भन्दा पनि बाँध बाध्न बाढी पीडितको माग ....
दैनिक समाचारदाता
राजविराज, २० असार ।
गत शनिबार सप्तरीमा आएको बाढीका कारण विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीले मलेठका रामचन्द्र यादवको एक घर, राजेन्द्र यादव र उमेश यादवको घरमा सामान्य क्षति, देवनाथ यादवको भान्सा घर पूर्ण रुपले क्षति, रामप्रसाद यादवको एक घर सामान्य क्षति, मलेठ १ की कपुरनीदेवी खंगको घर सामान्य क्षति, सूर्य नारायण यादवको घरमा क्षति भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल नेतृत्वको टोलीले सोमबार बाढी प्रभावित क्षेत्रको अनुगमन एवं निरिक्षण गर्दै साबिकको गाविस रायपुर १ हसनपुरस्थित खाँडो खोलाको बाढी वस्तीतर्फ पसेकोले बाँध बाँध्नु आवश्यक रहेको जनाएको छ ।
यसैगरि कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरमा सुन्दरी खोलाले नेवल यादवको दुई घर, श्याम यादवको दुई घर र राजकुमार यादवको दुई घर कटान भएपछि विस्थापित भई छिमेकीको घरमा आश्रय लिन बाध्य छन् ।
यस्तै देवु यादवको दुई घर सुन्दरी खोलाले कटान गरेको छ भने घर भएको ठाउँबाट हाल खोला बगिरहेको जनाइएको छ ।
यता लोहजारा गाविस ९ साबिकको भेडिया हाल तिरहुत गाउँपालिका वडा नम्बर २ मा महुली खोलाले ४ ठाउँमा बाँध कटान गरी वस्तीमा बाढी पसेको छ । बाढी पसेपछि विरक्ष मुखिया, जिवछ मुखिया, लक्ष्मण राम विस्थापित भएका छन् । सो बाढीले ४० परिवार प्रभावित भएको छ ।
यसैबीच विस्थापित परिवारहरुलाई कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाले तत्कालकालागि खाद्यान्न उपलब्ध गराइएको छ । भेडियाका स्थानियहरुले बाँध बाँध्न अति आवश्यक रहेको भन्दै राहत भन्दा पनि बाँध बाँधेर सहयोग गर्नुपर्ने माग गरेका छन् ।
सो अनुगमन टोलीमा प्रजिअ कटुवालसहित जल उत्पन्न तथा प्रकोप नियन्त्रण विभागका सह सचिव रमेश पन्थ अर्याल, लहानका डिभिजनल इन्जिनियर, खाँडो नदी नियन्त्रण आयोजना राजविराजका डिभिजनल इन्जिनियर अखलाख अन्सारी, जिससका राजेश कुमार झा, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, कान्तिपुर टिभीका आर.एन विश्वास सहित केही राजनीतिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ