News Category 2074/03/21
बाढीका कारण विभिन्न स्थानमा क्षति, राहत भन्दा पनि बाँध बाध्न बाढी पीडितको माग ....
दैनिक समाचारदाता
राजविराज, २० असार ।
गत शनिबार सप्तरीमा आएको बाढीका कारण विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीले मलेठका रामचन्द्र यादवको एक घर, राजेन्द्र यादव र उमेश यादवको घरमा सामान्य क्षति, देवनाथ यादवको भान्सा घर पूर्ण रुपले क्षति, रामप्रसाद यादवको एक घर सामान्य क्षति, मलेठ १ की कपुरनीदेवी खंगको घर सामान्य क्षति, सूर्य नारायण यादवको घरमा क्षति भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल नेतृत्वको टोलीले सोमबार बाढी प्रभावित क्षेत्रको अनुगमन एवं निरिक्षण गर्दै साबिकको गाविस रायपुर १ हसनपुरस्थित खाँडो खोलाको बाढी वस्तीतर्फ पसेकोले बाँध बाँध्नु आवश्यक रहेको जनाएको छ ।
यसैगरि कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरमा सुन्दरी खोलाले नेवल यादवको दुई घर, श्याम यादवको दुई घर र राजकुमार यादवको दुई घर कटान भएपछि विस्थापित भई छिमेकीको घरमा आश्रय लिन बाध्य छन् ।
यस्तै देवु यादवको दुई घर सुन्दरी खोलाले कटान गरेको छ भने घर भएको ठाउँबाट हाल खोला बगिरहेको जनाइएको छ ।
यता लोहजारा गाविस ९ साबिकको भेडिया हाल तिरहुत गाउँपालिका वडा नम्बर २ मा महुली खोलाले ४ ठाउँमा बाँध कटान गरी वस्तीमा बाढी पसेको छ । बाढी पसेपछि विरक्ष मुखिया, जिवछ मुखिया, लक्ष्मण राम विस्थापित भएका छन् । सो बाढीले ४० परिवार प्रभावित भएको छ ।
यसैबीच विस्थापित परिवारहरुलाई कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाले तत्कालकालागि खाद्यान्न उपलब्ध गराइएको छ । भेडियाका स्थानियहरुले बाँध बाँध्न अति आवश्यक रहेको भन्दै राहत भन्दा पनि बाँध बाँधेर सहयोग गर्नुपर्ने माग गरेका छन् ।
सो अनुगमन टोलीमा प्रजिअ कटुवालसहित जल उत्पन्न तथा प्रकोप नियन्त्रण विभागका सह सचिव रमेश पन्थ अर्याल, लहानका डिभिजनल इन्जिनियर, खाँडो नदी नियन्त्रण आयोजना राजविराजका डिभिजनल इन्जिनियर अखलाख अन्सारी, जिससका राजेश कुमार झा, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, कान्तिपुर टिभीका आर.एन विश्वास सहित केही राजनीतिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ