News Category 2074/03/24
प्रधानमन्त्री र गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, पीडित परिवारलाई २५ हजार र १५ लाखसम्मको ऋण उपलब्ध गराउने सरकारी घोषणा
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रहरुको अवलोकन एवं निरिक्षण गर्नुभएको छ ।
बाढीपीडित प्रभावित क्षेत्रहरुको अवलोकन गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण बाढीपीडित परिवारलाई दुई बण्डल जस्तापाता खरीद गर्न रु. १५ हजार र टहरा निर्माणका लागि रु. १० हजार गरि रु. २५ हजार राहत दिने घोषणा गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री देउवाले बाढीपीडितलाई ब्यापार गर्न रु. १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने पनि घोषणा गर्नुभयो ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री र गृहमन्त्रीसँगै संसदीय राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्ती तथा सदस्यहरु गंगाधर तुलाधर र रेखा शर्मा तथा सप्तरीका साँसदहरु तेजुलालचौधरी, सुरेन्द्रप्रसाद यादव, सकलदेव सुतिहार, रञ्जीत कर्ण, मानपुर चौधरी, उमेश यादव, अशोक कुमार मण्डल, लक्ष्मी चौधरी, रमणी रामसहितको टोलीले बाढी प्रभावितहरुको अवस्था बुझ्न गाउँ गाउँ पुग्नु भएको थियो ।
प्रधानमन्त्री देउवासहितको आएको संसदीय समितिको टोलीले तिरहुत गाउँपालिकाको लोहजारा बाँधको अवलोकन समेत गरेका छन् । उहाँले पीडित परिवारलाई खानाको व्यवस्था मिलाउन तथा राजविराज कुनौली सडक खण्ड संचालन गर्न स्थानीय प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
यस्तै गृहमन्त्री जनार्दन शर्माले सुरक्षित वासका लागि दिर्घकालिन नयाँ योजना बनाउन आवश्यक रहेको भन्दै यसमा स्थानियवासीसमेतको सहयोग आवश्य पर्ने बताउनुभयो ।
प्रधानमन्त्री र गृहमन्त्री सहितको टोलीले जिल्लाको तिलाठी, सकरपुरा, लौनिया, मलेठ लगायत बाढी प्रभावित सम्पूर्ण स्थानको हेलिकप्टरबाटै अवलोकन समेत गर्नुभयो । त्यस्तै सेना प्रहरीले भत्केको तटबन्द बनाउदै गरेको स्थानको अवलोकन गर्दै कामप्रति उहाँले प्रसंशा गर्नुभयो ।
स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले जनताको पीडामा सरकार सधैं साथमा रहेको बताउनुभयो । साँसद मानपुर चौधरीले पनि बाढी प्रभावितहरुलाई दीर्घकालिन फाइदा पुग्ने योजना सरकारले दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले २५ परिवारलाई ५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको जानकारी गराउनुभयो । उहाँले जिल्लाको बाढी प्रभावितको अवस्था तथा राहत वितरणको बारेमा समेत प्रधानमन्त्री देउवा तथा टोलीमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।
गत शुक्रबार परेको अविरल वर्षाका कारण सप्तरीको विभिन्न खोलामा आएको बाढीका कारण १४ परिवार विस्थापित भएको छ भने २ सय परिवार प्रभावित हुनुका साथै १ हजार ५ सय घर र हजारौं विगहा धानबाली डुवानमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ