News Category 2074/03/26
विद्यार्थीहरुको रिले अनशनमा सम्पूर्ण निकायलाई सहयोग गर्न अपिल
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरु समाधानको माग गर्दै १४ बुँदे माँगसहित शनिवारदेखि राजविराजमा विद्यार्थीहरुले शुरु गरेको रिले अनशनमा सम्पुर्ण निकायलाई सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।
जिल्ला बाल क्लव संजाल सप्तरीका अध्यक्ष अमर यादव, नगर स्तरीय बाल संजालका अध्यक्ष आशिष गुप्ता र सचिव शौरभ यादवले आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सो अनुरोध गरेका हुन् ।
आयोजित पत्रकार सम्मेलनमा लाली गुराँस बाल क्लवको माँगलाई बेवास्ता गरे भोलीका दिनका भयावह रुप लिने जानकारी दिदैै आफुहरुको आन्दोलनप्रति सम्बन्धित निकायले हालसम्म वेवास्ता गरेकाले सो आन्दोलनमा सम्बन्धित सबै निकायलाई सहयोगको लागि अपेक्षा गरेको जनाइएको छ ।
यसअघि राजविराजस्थित गजेन्द्र चौकमा लालि गुराँस बाल क्लवको अगुवाईमा क्लवका अध्यक्ष मो. जकउल्लाहको नेतृत्वमा विद्यार्थीहरु अनसनमा बसेका छन् ।
शैक्षिक क्षेत्रका देखिएका विभिन्न समस्या समाधान गर्न यस अघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्ष मन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई अनशन गरिएको अध्यक्ष जकउल्लाहले बताउनुभयो । त्यस्तै कुनै पनि बन्द, हडतालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पुर्ण रुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरीकै शिक्षकहरुको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कार्बाही गर्नुपर्ने, कक्षा १२ सम्मको रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निशुल्क हुनुपर्ने तथा एक कक्षा उतिर्ण गरी अर्को कक्षामा जानको लागि पुन भर्नाको चार्ज नहुनुपर्ने लगायतका माँगहरु अघि सार्दै रिले अनसन शुरु गरिएको जनाईएको छ ।
त्यस्तै पाठयपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मुल्य नियन्त्रण गर्नु पर्ने, वन्द हडतालवाट विद्यालयलाई अलग गरेर राख्नु पर्ने, रजिष्ट्रेशन र परिक्षा शुल्क निशुल्क गरिनु पर्ने, मदरसाहरुलाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने,हरेक सरकारी विद्यालयमा बैशाख २५ गते भित्र किताब पु¥याउनुपर्ने र समयमै विद्यार्थीहरुलाई किताब दिनुपर्ने, सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखि गुणस्तरीय शिक्षा सबै विद्यार्थीलाई प्रदान गर्नुपर्ने तथा विद्यालयबाट टाढा रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, शिक्षामा सुधार गर्नको लागि केन्द्रिय स्तरबाटै नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था मिलाउनुपर्ने र विद्यालयबाट पढाईको अवस्थाबारे जानकारी लिनुपर्ने र कमि कमजोरी भए पहल गर्नुपर्ने, किताव कम्पनीहरुले निजि विद्यालयहरुमा मेरो किताब लगाउन भनेर आर्थिक चलखेल भईरहेकोले त्यसको वास्तविकता बुझी दोषीमाथि कार्बाही गर्नुपर्ने लगायतका माँगहरु अघि सारीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ