News Category 2074/05/22
राजविराजमा तीन स्वतन्त्रसहित १३ जनाको मेयरमा उम्मेदवारी, मेयरमा दुई महिला, उपमेयरमा एक पुरुषको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
प्रदेश नं. २ मा असोज २ गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा रहेको ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ वटै स्थानिय तहमा बुधबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो मनोनय दर्ता गराएका छन् ।
सप्तरीको सम्पूर्ण स्थानिय तहमा शान्तिपूर्ण ढंगले विभिन्न राजनीतिक दलहरुले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
विभिन्न दलहरुले बाजागाजाका साथ जुलुस निकाल्दै आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका हुन् । जिल्लाका १ सय ६५ वडाबाट ८ सय ५६ जनप्रतिनिधीका लागि हुन गइरहेकोे छ ।
यस्तै सदरमुकाम राजविराजमा सबैभन्दा बढी ८२ जनप्रतिनिधीका लागि निर्वाचन हुन गइरहेको छ ।
जिल्लामा ३ लाख ३१ हजार ७९ मतदाता रहेकोमा १ लाख ७० हजार ८ सय ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ तेश्रोलिंगी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचनका लागि २ हजार ७ सय ७२ कर्मचारी खटिएका छन् भने ४ सय ६२ मतदान अधिकृत र सोही संखयामा सहायक मतदान अधिकृतहरु खटिएका छन् ।
जिल्लाको ४ सय ६२ मतदान केन्द्र मध्ये २ सय २४ अतिसंवेदनशिल र २ सय ३८ संवेदनशिल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै २ सय ९५ मतदान स्थल मध्ये २ सय ७ अतिसंवेदनशिल र ८८ संवेदनशिल मतदान स्थल रहेको जिल्लाका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ ।
यस्तै निर्वाचनका लागि जिल्लामा ४ हजार नेपाल प्रहरी, २ हजार सशस्त्र प्रहरीलगायत राष्ट्रिय अनुसन्धान र सेना समेत परिचालन गरिएको छ ।
यता राजविराज नगरपालिकाको मेयर पदमा पूर्व प्रधानपञ्चसमेत रहनुभएका पूर्व सहायकमन्त्री अनिस अंसारीले माओवादी केन्द्रबाट मेयर पदमा मनोनय दर्ता गराउनु भएको छ । त्यस्तै नेपालमा प्रजातन्त्र बहालीपछि पहिलो पटक सम्पन्न नगर निर्वाचनमा तत्कालिन नेपाल सद्भावना पार्टीबाट मेयरमा बिजयी हुनुभएका शैलेश चौधरी समेतले यस पटक नेपाल लोकतान्त्रिक पार्टीबाट मनोनयन दर्ता गराउनु भएको छ ।
यसैगरि मेयरमा नेकपा एमालेका तर्फबाट सुखराम यादव, नेपाली काँग्रेसका तर्फबाट ध्रुब देव, यस्संघीय समाजवादी फोरम नेपालका तर्फबाट भिमराज यादव, राजपा नेपालका तर्फबाट शम्ुभ यादव, राप्रपा प्रजातान्त्रिकका तर्फबाट शैलेन्द्र कुमार साह, राप्रपाबाट अमित कुमार यादव, नेकपा संयुक्तबाट मिना ठाकुर मेयरमा, नेकपा मालेबाट मोहीनारायण मोची,
यता स्वतन्त्रबाट रामअशिष शर्मा, कामेश्वर लाल देव र लक्ष्मी कुमारी चौधरीले मेयर पदमा उम्मेदवारी दिनुभएको छ ।
यस्तै उपमेयरमा एमालेबाट ममता चौधरी, काँग्रेसबाट शुसिला कुमार यादव, राजपाबाट साधना झा, संघीय समाजवादी फोरमबाट किरण साह, राप्रपाबाट मन्दिरा परियार, नेपाल लोकतान्त्रिक पार्टीबाट पवनीदेवी खंग, राप्रपा प्रजातान्त्रिकबाट लक्ष्मी चौरसिया, माओवादी केन्द्रबाट सुमित्रा कुमारी यादव र नेकपा संयुक्तबाट उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अनन्त साहले मनोनयन दर्ता गराउनु भएको हो ।
यस्तै जिल्लाको कंचनरुप नगरपालिकामा पूर्व संचारमन्त्री जयप्रकाश प्रसाद गुप्ताका भाई दिपक गुप्ताले नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ