News Category 2074/05/23
आर्थिक प्रलोभनमा पार्ने उम्मेदवारलाई भोट नदिन आग्रह
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरीको पकरीका एक युवाले स्थानीय तहको निर्वाचनमा पैसा खर्च गर्ने उम्मेदवारलाई मत नदिने अभियानको थालनी गरेका छन् ।
सप्तरीको महदेवा गाउँपािलकाका पकरीका युवा नेता राजेश यादवले चुनावमा सर्वसाधारण जनताहरुलाई आर्थिक प्रलोभन दिने उम्मेदवारलाई मत नदिने निर्णय गरेको हुन् ।
त्यस्तै चुनावमा मासु, वियर, मदिरा लगायतका नशालु पदार्थ सेवन गर्ने र गराउने प्रवृति समेत तराई मधेशका जिल्लाहरुमा अत्यधिक बढ्दै गएकाले ती त्यस्ता उम्मेदवारलाई पनि कसैले मत नदिनका लागि अनुरोध गरिएको छ ।
चुनावमा विजयी हासिल गर्नका लागि अहिलेका युवाहरुलाई नशालु पदार्थ सेवन गर्ने तथा गराउने गरेको कार्यलाई समेत बनद गर्न र सो अभियानमा सम्पुर्ण युवाहरुलाई सक्रिय भएर लाग्न अनुरोध गरीएको सोही गाउँपालिकाका समाजसेवि एवं नेपाल सदुभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीले जानकारी दिनुभयो ।
यसैगरी चुनावमा जातपातको राजनितिक गर्ने उम्मेदवारलाई पनि मत नदिने निर्णय गरेको जनाईएको छ । आर्थिक प्रलोभनमा परेर चुनावको मुखमा उम्मेदवारहरुले व्यापक मात्रामा पैसा खर्च गर्ने गरेको तथा पछि सो उम्मेदवार विजयी भएपछि उक्त रकम व्यापक मात्रामा अनियमितता गर्ने बर्षौदेखि चल्दै आईरहेकाले सो कार्यलाई बन्द गर्नका लागि निष्पक्ष, युवा र इमान्दार ब्यक्तिलाई विजयी बनाउन समेत अनुरोध गरीएको छ । उहाँले सो विरुद्ध आफनो गाउँपालिकामा अभियान संचालन गर्ने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ