News Category 2074/05/30
प्रमुख दलका शिर्ष नेताहरु सप्तरीमा चुनावी माहोल तातिदै
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
दुई नं. प्रदेशमा आउँदो असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनको आक्रमक प्रचार प्रसारका साथै चुनावी माहोल समेत तातेको छ ।
अहिले यस प्रदेशमा चुनावी प्रचार प्रसारका लागि राजनीतिक पार्टीका शिर्ष नेताहरु मधेश झरेका छन् । मधेश झरेसँगै शर्षि नेताहरु मधेशी जनतासँग विभिन्न वाचा गर्दै जिल्लाको विकास गर्ने समेतको प्रतिबद्धता जाहेर गर्न तछारमछार गरिरहेको देखिन्छ ।
जसअन्तरगत नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले राजविराजबाटै काँग्रेसको पहिलो चुनावी सभा समेत सुरु गर्नुभयो । उहाँले राजविराजमा सिटी हल, रंगशाला निर्माणदेखी लिएर जिल्लाका जनता अब बाढीबाट कहिले दुःख नपाउने सम्मको वाचा गरेर जानुभयो ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजविराजमा एक रात बिताएर भोलि पल्ट विहान “मर्निङ वाक” गर्न समेत भ्याए । उहाँ वाक गर्दै स्थानिय जनताहरुसँग भेटघाट गरि जिल्लाको समस्याहरु प्रति चासो समेत व्यक्त गर्नुभयो । उहाँले राजविराजको विकासका लागि केही दिनमै बजेट समेत बिनियोजन गर्ने सम्मको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री बिजय कुमार गच्छदार विगत चार दिनदेखी राजविराजमै बास बस्नु भएको छ । उहाँ प्रत्येक दिन विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई पनि सप्तरीको विभिन्न स्थानमा सम्मपन्न चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।
त्यसैगरि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा समेत मधेश आउन भ्याउनु भयो । उहाँले राजविराजमा आफ्नो उम्मेदवारको पक्षमा चुनावी सभा समेत गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका प्रदीप ज्ञवालीसहित अन्य शिर्ष नेताहरु राजविराजमा चुनावी सभामा सहभागि हुँदै आफ्नो उम्मेदवारका लागि भोट माग्न व्यस्त हुनुहुन्छ ।
यसैबीच नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइ पनि दुई दिनदेखी सप्तरीमा आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न व्यक्त देखिनु हुन्छ । उहाँको पार्टीले राजविराजमा नेकपा संयुक्तसँग चुनावी तालमेल गरि मेयरमा उम्मेदवार दिएको छ ।
यस्तै राजपाका शिर्ष नेताहरु पनि सप्तरीको विभिन्न चुनावी सभामा व्यस्त छन् । बिहीबार राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो चुनावी माहोल तताउन सप्तरी आइपुग्नु भएको छ ।
यसैबीच बिहीबार साँझ राजपाका नेता राजेन्द्र महतोले राजविराजमा रोड शो गर्नुभएको छ । स्थानिय गजेन्द्र चौकमा रहेको स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा फुलमाला अर्पण गर्दै राजविराज नगर परिक्रमा गरेर रोड शो गर्नुभएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ