News Category 2074/05/31
निर्वाचनको सम्पूर्ण तयारी पुरा, मतपेटिका सम्बन्धित स्थानमा पुग्यो
दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
जिल्लामा स्थानिय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतदान शुरु हुन दुई दिन बाँकी रहँदा निर्वाचन कार्यालयले खटाएका कर्मचारी मतपेटिका लिएर मतदाताको घर नजिक पुगिसकेका छन् ।
कार्यालयले खटाएका कर्मचारी मतदान स्थल पुगेर मतदान स्थलको घेराबेरा, स्थानीयसँग छलफल, मतदाता परिचय पत्र वितरण लगायतका काम थालि सकेका छन् । ९ नगरपालिका र ९ गाउँपालिकाका लागि असोज २ गते समेवार निर्वाचन हुँदैछ ।
यहाँ ८ सय ५६ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५ हजार ६ सय ८३ जना प्रतिस्पर्धामा छन् । जिल्ला भर ४ सय ६२ मतदान केन्द्र कायम गरिएको छ । सवै मतदान केन्द्रमा मतपत्र लगायतका आवश्यक सामग्री सहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताउनुभयो ।
उहाँले सवै कर्मचारी मतदान केन्द्रमा पुगेर काम थालिसकेको जानकारी दिए । जिल्लामा २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र कायम गरिएकोछ । जसका लागि २ हजार ७ सय ७६ कर्मचारी खटिएका छन् ।
यता प्रत्येक मतदान स्थल तथा केन्द्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सेनाको सुरक्षा रहने गरी सुरक्षा ब्यवस्था मिलाएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
नेपाली सेना सहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सूचना विश्लेषण पछि जिल्लाका सवै मतदान स्थल र केन्द्रमा सुरक्षा ब्यवस्था मिलाइएको उहाँको भनाई छ ।
जिल्लाको २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र मध्ये ३ सय २४ मतदान केन्द्र सम्वेदनशील र १ सय ३८ मतदान केन्द्र अति सम्वेदनशील रहेको र सोही अनुसार सुरक्षा ब्यवस्था गरिएको उहाँको भनाई छ ।
सम्वेदनशील रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति सम्वेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित हुने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ