News Category 2074/06/01
निर्वाचन आयोगको लापर्वाहीले मतदान गर्नबाट बञ्चित
राजविराज÷निर्वाचन आयोगको लापरवाहीका कारण सप्तरीका सयौं मतदाता फोटोसहितको मतदाता नामाबलीमा नाम दर्ता गराए पनि मतदाता परिचय पत्र पाउँनबाट बञ्चित भएका छन ।
सप्तरीको साबिक बरही बिरपुर ७ निवासी हाल छिन्नमस्ता गाउँपालिका १ निवासी राम नारायण यादवले जिल्ला प्रशासन कार्यालय सप्तरीमा २०७२ चैत्र १५ गतेका दिन फोटो सहितको मतदाता नामाबली तथा ब्यक्तिगत विवरण संकलन फारममा नाम दर्ता गराएपनि असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा उहाँको नाम नै भेटिएन ।
उहाँ जस्तै जिल्लाका झण्डै दुई सयको हाराहारीमा फोटो सहितको मतदाता नामाबलीमा नाम रहेको छैन । निर्वाचन आयोग तथा कार्यालयको लापर्बाहीका कारणले गर्दा तिनीहरुले यसपालिको स्थानीय तहको निर्वाचनमा भाग लिन नसकिने अवस्था रहेको छ ।
त्यस्तै ३ दुई पटक भएको संविधानसभाको निर्वाचनमा आयोगले उपलब्ध गराएको फोटोसहितको मतदाता परिचय पत्र देखाएर एक बृद्धाले मतदान गर्नुभएको थियो, तर २ गते हुने निर्वाचनका लागि परिचयपत्र लिन आउँदा मतदाता नामावलीमा नामै भेटिएन् ।
यस्तै जिल्लाको कंकालिनी हनुमानगर नगरपालिकास्थित भारदहमा यस्तै दर्जनौं मतदाताको अहिलेको मतदाता सूचीमा नाम समावेश नभएको स्थानियहरुले जनाएका छन् ।
त्यस्तै अर्काे फोटोसहितको मतदाता परिचय पत्रका लागि २०७१ सालमै जिल्ला प्रशासन कार्यालयमा खटिएका निर्वाचन कर्मचारीबाट फोटो खिचाई मतदाता नामावलीमा नाम अद्यावधि भएको रसिद पाउनुभएको थियो, तर अहिले नाम मतदाता नामावलीमा छैन ।
निर्वाचन आयोगको लापर्बाहीका कारणले गर्दा सयौं मतदाताहरुले मतदान गर्नबाट बञ्चित भएपछि मतदाताहरु आक्रोशित बनेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ