News Category 2074/06/01
सबल नेपालका झा राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित
राजविराज÷सबल नेपालका संस्थापक मध्ये एक तथा खुल्ला दिसा मुक्त अभियानका कार्यक्रम संयोजक परमेश्वर झा काठमाडौंमा एक कार्यक्रमका बिच शनिबार राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
ईन्फो नेपाल नामंक संस्थाले स्थापना गरेको राजु मेमोरियल युवा पुरस्कार प्रत्येक बर्ष आप्mनो बार्षिक साधारण सभा मार्फत नेपाल भरिका वातावरणिय र सरसफाइको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने एक जना युवालाई पुरस्कृत गर्दै आएको छ ।
पानी सम्बन्धी बिज्ञ संस्थाको रुपमा रहेको ईन्फो संस्थामा कार्यरत स्व. राजु श्रेष्ठले आप्mनो कार्यकालमा पानी तथा वातावरणीय क्षेत्रमा उल्लेखनिय कार्य गरेको हुनाले उहाँको सम्झनामा सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गर्दै आईरहेको छ ।
सबल नेपालका वासँका कार्यक्रम संयोजक झाले सप्तरी जिल्लामा खुल्ला दिसा मुक्त क्षेत्र प्रबद्र्धनका लागि खेलेको उल्लेखनिय भुमिकाको कदर गर्दै उक्त पुरस्कार संस्थाका अध्यक्ष उर्मिला जोशि, प्रमुख अतिथी बातावरण बिद्ध भैरव रिसाल, सरसफाइ तथा बातावरण बिज्ञ भुषण तुलाधर, ईन्फोका कार्यकारी निर्देशक बिपिन डंगोल लगायतले उक्त युवा पुरस्कार सहित सम्मान गर्नु भएको थियो । सो पुरस्कारको राशि १० हजार रहेको छ ।
यसैबिच सरसफाई क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने झा सम्मानि हुनुभएकोमा सबल नेपालका टिम लिडर दिपक कुमार झा ,अध्यक्ष जुना गिरी ,बोर्ड सदस्य आयुष श्रेष्ठ ,सामीका परियोजना अधिकृत अशोक कुमार शाह ,वाँसका फिल्ड अधिकृत शुभ नारायण यादव सहितकाहरुले शुभकामना ब्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ