News Category 2070/08/19
सहकारी बैंकको ३१ औं शाखा राजविराजमा
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
राजविराजमा मंगलबारदेखि राष्ट्रिय सहकारी बैंकको ३१ औं शाखाको रुपमा सञ्चालन भएको छ ।
बैंकको मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा पूर्वमन्त्री केशब बडालले उद्घाटन गर्नुभयो ।
सहकारी बैंकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री बडालले सहकारीको सुढृढीकरण बिना लोकतन्त्र सुढृढ हुन नसक्ने बताउनुभयो ।
सहकारी समाजिक क्षेत्रको आर्थिक, शैक्षिक र सांस्कृतिक पक्षलाई मजबुत बनाउने ठुलो आधार भएको बताउनुहुँदै सहकारी संघले देशब्यापी रुपमा सहकारी आन्दोलन सञ्चालन गर्न ५ बर्षे निती तयार पारिसकेको उल्लेख गर्नुभयो ।
मुलुकभरीका गाउँ गाउँमा सहकारी संस्था निर्माण गर्ने र भएका सहकारीहरुलाई सक्षम सुढृढ बनाउने योजना सहित संघ अघि बढीरहेको बताउनुहुँदै बडालले समाजमा रहेको अनेकताभित्रको एकतालाई मजबुत बनाउन सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकभरीका जनतालाई सहकारीहरु मार्फत आवश्यकता पुर्ति गर्ने माध्यम सहकारी बैंक रहेको बताउनुभयो ।
उहाँले सहकारी बंैकमा व्यक्तिगत नभई सहकारी संस्थाहरु मार्फत मात्र कारोबार गर्न सक्ने बताउनुहुँदै अहिलेसम्म बैंकमा ६ हजार भन्दा बढी सहकारी संस्थाहरु आबद्ध रहेको बताउनुभयो ।
जिल्ला सहकारी बैंक व्यवस्थापन समितिका संयोजक बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी संघका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य सरिता भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष रामप्रसाद चौधरी लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ