News Category 2070/08/21
चार मधेशवादी दलबिच एकीकरण हुने
दैनिक संवाददाता
राजविराज, २० मंसिर ।
संबिधानसभा निर्वाचनमा पराजय भोगेको साना चार मधेसवादी दलबीच एकीकरण हुने भएको छ ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना, मधेश तराई फोरम र नेपाल सद्भावना पार्टी एकीकरण हुने भएको हो ।
चार पार्टीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी आगामी दिनमा पार्टी एकीकरण गरेर मधेशमा जाने बताएका छन् ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले यसपालीको संविधानसभाबाट आएको परिणामको कारण मधेसी दलहरुबीच सहकार्य वा एकीकरण हुन नसक्नु रहेको बताउनुभयो ।
संघीयतासहितको संविधान र स्वायत्त मधेस प्रदेशका लागि मधेसमा एउटा दरिलो शक्तिको आवश्यकताको महसुस गरेर विचार मिल्ने पार्टीहरुसँग एकीकरण गर्न लागेको उहाँको भनाई छ ।
संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा मंसिर ४ गतेको संविधानसभाको निर्वाचनको परिणाम नियोजित, धाँदलीपूर्ण र षड्यन्त्रमूलक रहेको विभिन्न घटना, तथ्य र प्रवृतिले प्रमाणित गरेको दावी गरिएको छ । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झा, मधेश तराई फोरमका अध्यक्ष अमर यादव र नेपाल सद्भावना पार्टी (सरिता गिरी)का प्रवक्ता प्रविण लाभद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा, ‘परिवर्तनकामी शक्तिहरुलाई पुनः आन्दोलनमा धकेल्ने र देशमा अस्थिरता निम्त्याउने जालझेल र षड्यन्त्रको तानावाना बुनिदैंछ’ उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ