News Category 2074/09/21
चिसोका कारण तीनको मृत्यु सामुदायिक विद्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
विगत एक पाँच दिनदेखी चिसो हावासँगै बढेको शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर बन्नुका साथै तीन जनाको चिसोका कारण मृत्यु भएको छ ।
अत्याधिक चिसोका कारण कठ्याग्रिंएर छिन्नमस्ता गाउपालिका १ बिरपुरका ३६ वर्षिय कुलदिप राय, सोही वडाको बरही टोलका ३५ वर्षिय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको एक साता अघि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार यादवले जानकारी दिएका छन् ।
यता जिल्लाका स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको छ । खासगरी विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा जाडो छल्न संकट उत्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानवहादुर बस्नेतका अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका बिरामीको चाप बढेको छ ।
यस्तै चिसो हावासँगै शितलहरी बढेपछि बिहीबारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि बिहीबारबाट तीनदिनका लागि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ ।
यता जिल्लाका सामुदायिक विद्यालयहरु बिहीबारवाट बन्द गरिएपनि निजी विद्यालयहरु भने संचालन नै रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ