News Category 2074/09/22
सप्तरीमा चिसोबाट कठ्याग्रिएर ६ को मृत्यु, चिसो प्रभावित क्षेत्रमा ६ हजार कम्बल र ५ हजार म्याट वितरण, मानविय क्षति नभएको प्रजिअको दाबी
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
बिगत ६ दिनदेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी दिएका छन् ।
यस्तै बुधवार राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र बिहीबार वडा नम्वर २ का ६० वर्र्र्षीया नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादबले जानकारी दिएका छन् ।
यसअघि सोमवार र मंगलवार जिल्लाको छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय र सोही वडाका ३५ वर्षीय रामदयाल राम तथा एक साता अगाडी सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडाध्यक्ष बिनोद यादबले जानकारी दिएका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा चिसोका कारण कुनै मानविय क्षति नभएको जानकारी दिएका छन् ।
चिसोका कारण जिल्लामा मानविय क्षति र चिसोबाट बच्नका लागि प्रशासनले के कस्ता सावधानी अपनाइरहेको विषयमा जानकारी लिन पुगेको यस दैनिकका समाचारदातासँग प्रजिअ पाण्डेयले भन्नुभयो, “हालसम्म जिल्लामा ६ हजार कम्बल र ५ हजार म्याट वितरण भइसकेको छ, र कुनै मानविय क्षति भएको छैन् ।”
उनले चिसोबाट अति प्रभावित जिल्लाका छिन्नमस्ता गाउँपालिकामा ५ सय कम्बल बितरण गरिएको तथा राजविराज, हनुमाननगर, महदेवा लगायतका क्षेत्रमा समेत कम्बल र म्याट वितरण गरिएको बताए ।
त्यस्तै बालबालिकाका लागि न्यानो झोला सम्पूर्ण स्थानिय तहलाई हस्तान्तरण गरि वितरण गर्न निर्देशन समेत दिएको उनले बताए । चिसोबाट बच्नका लागि जिल्लाको १८ वटै स्थानिय तहका प्रमुखहरुलाई अविलम्ब व्यवस्था मिलाउन र समस्या आए आफूसँग सहकार्य गर्न समेत निर्देशन दिएको जानकारी दिए ।
यस्तै प्रजिअ पाण्डेयले रेडक्रसले समेत कम्बल बितरण गरिरहेको बताउँदै जाइकाको सहयोगमा ३ हजार कम्बल र २ हजार म्याट बितरण भएको तथा स्थानिय मारवाडी सेवा समिति र अन्य संघसंस्थाहरुले कम्बल र म्याट बितरण गरिरहेको जानकारी दिए ।
उनले चिसोबाट बच्नका लागि विभिन्न स्थानमा वन कार्यालयको सहयोगमा दाउरा बाल्ने प्रहरी, सेनाको सहकार्यमा कार्य सूचारु गरिसकेको दाबी गरे ।
यता चिसो हावासंगै शितलहरी बढेपछि बिहीवारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ भने निजि विद्यालयहरु संचालन नै रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ