News Category 2074/09/24
राजविराजका ८ वडा खुल्ला दिशा मुक्त घोषणा हुने तयारीमा
दैनिक समाचारदाता
राजविराज, २३, पुस ।
खुल्ला दिशा मुक्त अभियान अन्तर्गत राजबिराज नगरपालिकाका हालको ८ (साविकका १०) वटा वडा खुल्ला दिसा मुक्त घोषणा हुने भएको छ ।
आईतवार वडा १ र २ मा एक घर एक चर्पी अवधारण अनुरूप चर्पी निर्माण भई प्रयोगमा आएको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले प्रमाणिकरण गरेपछि ती दुबै वडासँगै अन्य ६ वटै वडा गरि ८ वटै वडा खुल्ला दिसा मुक्त हुने सप्तरी सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
यता दुबै वडामा चर्पी निर्माण भए वा नभएको डिवासीसीले अनुगमन गरेपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय प्रमुख तथा डिवासिसीका सदस्य सचिव लोकेन्द्र यादबले वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको लागि सिफारिस गरेका छन् ।
राजविराज नगरपालिकाका ८ वटा वडालाई खुल्ला दिसा मुक्त घोषणाका लागि गत मंसिर ८ गतेदेखी सहजिकरणको जिम्मा पाएको संस्था सप्तरी सामुदायिक विकास केन्द्र नेपालले अभियानलाई तिब्रता दिए पश्चात् १ हजार १ सय ६७ घरधुरीमा चर्पी निर्माण हुन बाँकी रहेकोमा आइतबारसम्म ती सम्पूर्ण घरधुरीमा चर्पी निर्माण भइसकेको जानकारी दिएको छ ।
राजविराज नगरपालिकाको १ देखी ८ वडाका ६ हजार ९ सय ३६ घरधुरीमा ३८ हजार ५ सय ५५ घर परिवार रहेका छन् । जस मध्ये अभियान अघि ५ हजार ६ सय ११ घरधुरीमा चर्पी निर्माण भएको थियो र अभियानपछि १ हजार १ सय ६७ घरधुरीमा चर्पी निर्माण भएको संस्थाका कार्यक्रम संयोजक यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ