News Category 2074/09/26
सप्तरीमा शित भण्डारका लागि ३ करोड रकम बिनियोजन
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
जिल्ला सहकारी संघ सप्तरीले मंगलबार ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य आयोजित सभामा संघका कार्यकारी अध्यक्ष बिनोद कुमार दत्तले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सप्तरीका सहकारी संस्थाहरुमा झण्डै एक लाख १० हजार सदस्यहरु रहेको जानकारी दिएका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दत्तले जिल्लाको कुल १ लाख १६ हजार घर परिवार मध्ये करिब ९६ प्रतिशत परिवारका कम्तिमा एक जना सदस्य सहकारीमा आवद्ध रहेको जानकारी दिए ।
सोही प्रतिवेदनमा जिल्ला सहकारी संघ सप्तरीले २०६९ सालको साधारण सभामै सहकारी सदस्यहरुबाट उत्पादीत आलु, काउली, बन्दा, आँप, केरा तथा अन्य मौसमी तरकारी भण्डारणका लागि अवधारण ल्याएपछि चार वर्षको अथक प्रयास पश्चात् सहकारी बोर्ड, सहकारी मन्त्रालय र अर्थ मन्त्रालयले २०७४ जेठ १५ गतेको वार्षिक बजेट कार्यक्रममा सप्तरीको शित भण्डार निर्माणका लागि ३ करोड रकम बिनियोजन भएको उल्लेख छ । जसमा ६० प्रतिशत अनुदान, २० प्रतिशत संघ संस्थाको शेयर सहभागिता र २० प्रतिशत ऋण सहयोग रहने अध्यक्ष दत्ताले प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।
सोही सभामा संघले गत आर्थिक वर्ष २०७३÷०७४ को १ करोड १२ लाख २८ हजार ६ सय २३ रुँपैया ५७ पैसाको आय व्यय प्रस्तुत गरिएको थियो । त्यस्तै आ.ब. २०७५÷०७६ मा ७७ लाख ५७ हजार ७ सय ३० रुँपैयाको वार्षिक अनुमानित आर्थिक कार्यक्रम बजेट विवरण प्रस्तुत गरिएको थियो ।
सम्पन्न सभामा सहकारी बैंक राजविराजका संयोजक विश्वनाथ मण्डल, कृषि कार्यालयका भागिरथ यादव, पशु कार्यालयका अशोक सिंह, जिल्ला सहकारीका उपाध्यक्ष भुवन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ