News Category 2074/09/27
लोकेन्द्र स्मृती चन्दन यादवलाई र उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार प्रमिला चौधरीलाई प्रदान
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आइरहेको स्व. लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार चन्दन यादवलाई प्रदान गरिएको छ ।
२३ औं लोकेन्द्र स्मृत दिवसको अवसरमा बुधबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको पुरस्कार बितरण समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।
यस्तै सोही कार्यक्रममा स्व. उमा सिंह महिला पत्रकारिता पुरस्कार यस वर्ष सखी एफएमकी प्रमिला चौधरीलाई प्रदान गरिएको छ । दुबै जनालाई उक्त पुरस्कार सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले संयुक्त रुपमा प्रदान गरे ।
पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि प्रजिअ पाण्डेयले संचारकर्मीहरुलाई स्व. बुढाथोकी जस्तै साहसिक र खोजमूलक समाचार सम्प्रेशन गर्न जोड दिएका छन् । उनले स्वच्छ, निष्पक्ष र निडर पत्रकारिता गर्न स्व. लोकेन्द्र बुढाथोकीबाट प्रेरणा लिनु पर्ने धारणा समेत व्यक्त गरे । उनले सप्तरीको पत्रकारिता सकारात्मक रहेको भन्दै यसलाई अझ दृढ विचारका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षत, महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्य तथा प्रजिअ पाण्डेयको विशिष्ठ आतिथ्यमा आयोजित समारोहमा पत्रकार महासंघका पूर्व अध्यक्षहरु शिवहरि प्रसाद भट्टराई, विष्णु कुमार मण्डल, बैजनाथ झा, महासंघका उपाध्यक्ष सुधा देवलगायतले मन्तव्य राखेका थिए भने स्व. लोकेन्द्रले पत्रकारिता जगतमा खेलेको उल्लेख्नीय भूमिका एवं उनको व्यक्तित्व बारे पत्रकार मनोहर पोखरेलले चर्चा गरेका थिए ।
राजविराजबाट प्रकाशित नवीन साप्ताहिकको सहसम्पादकको रुपमा कार्यरत स्व. लोकेन्द्र बुढाथोकीको बि.स. २०५१ सालमा राजविराजस्थित डेरामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । उनी सल्यान जिल्लामा जन्मिए पनि राजविराजस्थित बालकल्याण गृहमा हुर्केका थिए । उनी सप्तरी जिल्लालाई कर्मथलो बनाएर शाहसिक रुपमा पत्रकारिता गर्दै थिए । हालसम्म उनको मृत्यु बारेको अनुसन्धान गर्भमै रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ