News Category 2074/09/27
धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चिसो पीडितलाई कम्बल बितरण
दैनिक समाचारदाता
राजविराज, २६, पुस ।
अत्याधिक चिसोका कारण न्यानो कपडाको पखाईमा रहेका सप्तरीका मुसहर र चमार परिवारलाई धुर्मुस सुन्तली फाउन्डेशनले बुधवार ब्लाङकेट बितरण गरेको छ ।
स्थानिय प्रशासनसँग समन्वयमा फाउन्डेसनका तर्फवाट सिताराम कटे्ल धुर्मुसले तिलाठी कोईलाडी गाउपालिका ८ तोपास्थित मुसहर बस्ती र सोही गाउपालिकाको वडा नं. ४ स्थित मुसहर र चमारबस्तीमा जाडोवाट जोगिनका लागि उक्त ब्लाङकेट बितरण गरेको हो ।
उनले तोपामा ५४ परिवार मुसहर र कोईलाडीमा ८१ परिवार मुसहर, २० परिवार चमार गरि कुल १ सय ५५ परिवारलाई प्रति परिवार एउटाका दरले ब्लाङकेट बितरण गरे । पछिल्लो १० दिनदेखी सप्तरीमा चलेको शितलहरका कारण उक्त दुबै मुसहरबस्तीमा न्यानो कपडाको अभावमा मुसहर र चमार समुदायलाई जाडो छल्न कठिनाई भएको थियो ।
ब्लाङकेट बितरण कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिकाका अध्यक्ष सतिषकुमार सिंह, वडाध्यक्षहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ