News Category 2074/09/29
राजविराज नगरपालिकाको बजेट ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुँपैया
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
मुलुककै पुरानो मध्ये एक र भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित टाउन प्लानिङ सहर राजविराज नगरपालिकाको पहिलो नगर सभा शुक्रबार एक समारोहका बीच सम्पन्न भएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षता तथा सप्तरी क्षेत्र नं. २ का सांसद एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहमा आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिका प्रमुख शम्भु यादवले नगरपालिकाका लागि ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुँपैया बराबरको बजेट सार्वजनिक गरेका छन् ।
बजेट सार्वजनिकीकरण गर्दै प्रमुख यादवले आन्तरिक तर्फ १ करोड ८९ लाख २१ हजार ८ सय ७२ तथा वित्तिय समानिकरण अनुदान तर्फ २७ करोड ८६ लाख ४९ हजार, विषयगत शशर्त अनुदान १७ करोड, सडक बोर्ड एलजिसिडिपी, सामाजिक सुरक्षा, बहुक्षेत्रिय पोषण, युनिसेफ, संसद कोष, विद्यायक कोष, प्रदेश कोष लगायत अन्य निकायबाट अनुदान ११ करोड ९७ लाख ४ हजार कुल आय अनुमान गरिएको जानकारी दिए ।
यस्तै चालुतर्फ वित्तिय समानिकरणको प्रशासनिक, एलजिसिडिपी, सेवा निवृत सुविधा तथा सामाजिक सुरक्षा कार्यक्रम समेत गरि १८ करोड ६४ लाख ६४ हजार रुँपैया र विषयगतर्फ पशु, स्वास्थ्य, आयुर्वेद शिक्षाको शशर्त अनुदानगरि १७ करोडगरि ३५ करोड ६४ लाख ६४ हजार खर्च हुने जनाएका छन् ।
त्यसैगरि कुल पुँजीगत तथा बाह्य श्रोत तर्फ २३ करोड ८ लाख १० हजार ८ सय ७२ रुँपैया कुल पुँजीगत खर्च मध्ये भौतिक पूर्वाधार तथा विपद् व्यवस्थापन तर्फ १४ करोड २४ लाख ४ हजार र लक्षित विकास कार्यक्रमतर्फ युनिसेफ, सडक बोर्ड लगायत अन्य कार्यक्रम तर्फ ८ करोड ८४ लाख ६ हजार ८ सय ७२ रुँपैया खर्च हुने जनाएका छन् ।
प्रमुख यादवले १८ पृष्ठ लामो नीति तथा कार्यक्रम बजेट मन्तव्यमा पूर्वाधार र संरचना विकास नीति, शिक्षा, स्वास्थ्य, सामाजिक नीति, महिला, बालबालिका, दलित, आदिवासी, जनजाती, मधेशी, पिछडा वर्ग, अपाङ, ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, गैसस एवं सामाजिक परिचालन, सहकारी तथा उद्योग, संचार क्षेत्र एवं पत्रकारिता, कृषि, पशु, तथ्याङ्क एवं सूचना विकास, वातावरण विकास, जलश्रोत तथा भूमी, संगठन, प्रशासन तथा सुशासन, राजस्व परिचालन सम्बन्धी नीति अवलम्बन गरिएको उल्लेख छ ।
सो कार्यक्रमका प्रमुख अतिथि सांसद उपेन्द्र यादवले नगरमा भइरहेको विकासीय कार्यहरुमा सम्पूर्ण नगरवासीले सहयोग गर्नुपर्ने धारणा राख्दै उक्त कार्यहरुमा आफूहरुको समेत सम्पूर्ण सहयोग रहेने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्ला विकासको सन्दर्भमा अत्यन्त पछाडी रहेकोले यसको विकासका लागि संसद तथा प्रदेश सदस्यहरुले सहयोग गर्ने बताए ।
त्यस्तै सोही सभामा प्रदेशसभा सदस्यद्वय मनिषकुमार सुमन र शैलेन्द्र प्रसाद साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नागरिक समाजका थानसिंह भंसाली, नागरिक संजालका सुखराम यादव, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, करुणा झा, फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव लगायतका वक्ताहरुले नगरपालिकाको बजेट सकारात्मक भएको भन्दै यसमा छुट भएका अन्य शिर्षकहरुलाई आगामी दिनमा बिस्तारै समायोजन गर्ने तर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ