News Category 2074/09/29
चिसोबाट मृत्यु हुनेको संख्या २५
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढेको छ । शुक्रबार केही बेर घाम लागेपनि चिसो हावा चलिरहदा चिसो झनै बढेको छ ।
यसैबीच शुक्रबार बिहान जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर एक जना मृत अवस्थामा फेला परेका छन् । यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
मृत अवस्थामा फेला परेका सुनसरीको इनरुवा नगरपालिका १ घर भई माग्दै हिँडने वर्ष ४० का ढुण्डीराज पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।
यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय श्यामादेवी सिंहको पनि जाडोका कारण शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । यसैगरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवामा अत्यधिक चिसोबाट स्थानिय ६५ वर्षीया शान्तीदेवी यादवको घरमै सुतेको अवस्थामा कठयांङ्गिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका १ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
यता जिल्ला प्रशासन कार्यालयका अनुसार हाल सम्म चिसोबाट १२ जनाको मात्र पुष्टि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ