News Category 2074/09/30
चिसोबाट मृत्यु हुनेको संख्या दिनहँु बढ्दै, हालसम्म २६ को मृत्यु, सरकारी निकाय र संघसंस्थाले न्यानो कपडा बितरणलाई दिए तिब्रता
राजविराज÷सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । शुक्रबार र शनिबार केही बेर घाम लागेपनि चिसो हावाका कारण जनजिवन कष्टरकर बन्दै गएको हो ।
पछिल्लो पटक शुक्रबार साँझ जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ बस्ने ६८ वर्षिया सुगावत्ति देवी सरदारको चिसोले कठयांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने हालसम्म १३ जनाको मात्र चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
यस्तै शुक्रबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर मृत्यु भएका सुनसरीको इनरुवा नगरपालिका १ घर भई माग्दै हिँडने वर्ष ४० का ढुण्डीराज पोखरेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।
यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय श्यामादेवी सिंह, हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवामा अत्यधिक चिसोबाट स्थानिय ६५ वर्षीया शान्तीदेवी यादवको घरमै सुतेको अवस्थामा कठयांङ्गिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका १ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले आफ्नै नेतृत्वमा विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय आफ्नै नेतृत्वमा जिल्लाको विभिन्न चिसो प्रभावित र बाढी प्रभावित बस्तिहरुमा गएर विभिन्न संघसंस्थाहरुले सहयोग गरेको कम्बल, ब्लायङ्केट तथा न्यानो कपडाहरु बितरण गर्न लागिपरेका छन् ।
प्रजिअ पाण्डेयका अनुसार हालसम्म १३ हजार भन्दा बढी कम्बल र ब्लायङ्केट तथा ७५ बोरो न्यानो कपडा बितरण भइसकेको छ ।
उनले ती कपडाहरु विभिन्न स्थानिय संघसंस्था तथा जायका, सेभ द चिल्ड्रेन, युनिसेफ, कुबँर फाउण्डेशन, धुर्मुस सन्तली फाउण्डेशन लगायतका राष्ट्रिय संघसंस्थाहरुले सहयोग गरेको जानकारी दिएका छन् । यस बाहेक अन्य संस्थाहरुले आफै पनि कपडाहरु बितरण गरिरहेको समेत बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ