News Category 2074/10/01
६२ हिंसा पीडितमध्ये ६ जना पुरुष पनि
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
चार महिनाको अवधिमा हिंसा पीडित ६२ जनालाई उपचारलगायतको निशुल्क सेवा दिएको जानकारी दिइएको छ । जसमध्ये ६ जना पुरुष पनि रहेका छन् ।
अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको जिल्ला समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा आइतबार बसेको बैठकले सो जानकारी दिएको हो ।
सो बैठकमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्र्सन मनिषा सिम्खडाले सबैभन्दा बढी घरेलु हिंसाबाट पीडित २९ जनालाई सेवा दिइएको जानकारी दिइन् ।
शारिरीक चोटपटकका २०, यौनजन्य हिंसाका १०, मानसिक यातनाका एक र वेवारिसे दुई जना गरी ६२ जना पीडितलाई उपचारलगायतको सेवा उपलब्ध गराइएको जानकारी दिँदै सेवा पाएका लैङ्गिक हिंसा पीडितमध्ये ६ जना पुरुष पनि रहेको बताइन् ।
हिंसा पीडितहरुमध्ये ४२ जना प्रहरीको समन्वयमा, १० जना सुरक्षित आश्रय केन्द्रको समन्वयमा र एकजना गैससको समन्वयमा आएपनि नौ जना स्वयं सेवा लिन आएका थिए ।
चार महिनाको अवधिमा सबैभन्दा बढी १५ देखि ४९ वर्ष उमेरका ५० जना पीडितले सम्पर्कमा आई सेवा लिएका छन् । १४ वर्ष भन्दा कम उमेरका ६ जना, ५० देखि ६५ वर्ष उमेरका चार जना तथा ६५ वर्षभन्दा माथिका दुई जनाले सेवा पाएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हिंसा पीडितहरुलाई जाँच, स्वास्थ्योपचार, शारीरिक परिक्षण, मनोविमर्श, एचआइभी परिक्षण, गर्भ परिक्षण, सुरक्षित गर्भपतनलगायतको सुविधा निःशुल्क दिइएको छ । एउटै पीडितलाई धेरै किसिमको सेवा दिनु परेको जनाउँदै सिम्खडाले उपचार गरिएका पीडितमध्ये ३४ जनाको शारिरीक परिक्षण, ४१ जनाको विधि विज्ञान तथा मेडिकल जाँच, ५१ जनाको घाउ चोटपटक उपचार, २६ जनालाई मनोसामाजिक परामर्श, नौ जनाको गर्भ परिक्षण, पाँच जनाको एचआइभी परिक्षण गरिएको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ