News Category 2074/10/04
सप्तरीमा चिसोले ३२ को मृत्यु, प्रहरीद्वारा १९ को पुष्टि
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
पुस १७ गतेदेखी सप्तरीमा बढेको चिसोले जनजिवन कष्टकर बन्दै गएको बेला जिल्लामा चिसोले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
सप्तरीमा चिसोले कठ्यांग्रिएर ३२ जनाको मृत्यु भएको मध्येमा जिल्ला प्रहरी कार्यालय सप्तरीले भने १९ जनाको पुष्टि गरेको छ ।
पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ३ निवासी ६२ वर्षिया कलिया देबी सदा, सुरुङ्गा नगरपालिका १० निवासी ५५ वर्षिय बुद्धी लाल मुखीया र तिरहुत गाउूपालिका ४ निवासी ६० वर्षिया जलेश्वरी देबी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले आफ्नै नेतृत्वमा विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय आफ्नै नेतृत्वमा जिल्लाको विभिन्न चिसो प्रभावित र बाढी प्रभावित बस्तिहरुमा गएर विभिन्न संघसंस्थाहरुले सहयोग गरेको कम्बल, ब्लायङ्केट तथा न्यानो कपडाहरु बितरण गर्न लागिपरेका छन् ।
प्रजिअ पाण्डेयका अनुसार हालसम्म १३ हजार भन्दा बढी कम्बल र ब्लायङ्केट तथा ७५ बोरो न्यानो कपडा बितरण भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ