News Category 2074/10/11
प्रदेश २ मा महिला, अल्पसंख्यक र दलित उम्मेदवार निर्विरोध हुने ! चार खुल्ला सीटमा पाँचको उम्मेदवारी परेकोमा चुनाव हुने
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
राष्ट्रिय सभाका लागि प्रदेश नम्बर २ को उम्मेदवारी दर्ता जनकपुुरमा बुधबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर २ को निर्वाचन कार्यालयमा ९ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत राधाकान्त झाले जानकारी दिएका छन । प्रदेश नम्बर २ मा ३ सय ७९ मतदाता रहेका छन् ।
उम्मेदवारी दर्ता गराउनेहरुमा राष्ट्रिय जनता पार्टीका वृषेश चंद्र लाल, रमेश यादव, संघिय समाजवादी फोरमका प्रमिला दास, रामप्रीत पासवान, नेपाली काँग्रेसका मुक्ता यादव, जितेन्द्रनारायण देव, माओवादी केन्द्रका शशिकला दाहाल, एमालेका सुमन प्याकुरेल र नेपाल संघिय समाजवादी पार्टीका मोहम्मद अख्तर रहेका छन ।
उम्मेदवारहरु जनकपुर बजारमा जुलुस लगाएर उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।
यसैबीच प्रदेश नम्बर २ मा खुल्लाका लागि मात्रै चुनाब हुनेछ । सम्पन्न उम्मेदवारी दर्तामा सिट संख्या जतिकै महिला, अल्पसंख्यक र दलितमा उम्मेदवारी परेकोले यी पदमा चुनाब नहुने देखिएको छ ।
महिलामा माओवादी केन्द्रका शशिकला दहाल, संघिय समाजवादी फोरमका प्रमिला दास, नेपाली काँग्रेसका मुक्ता यादव, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टीका वृषेश चन्द्र लाल र दलितमा रामप्रित पासवानको उम्मेदवारी परेको छ । उनीहरु निर्विरोध हुने सम्भावना रहेको छ ।
यसैगरी खुल्ला तर्फ चार सीट रहेकोमा राष्ट्रिय जनता पार्टीका रमेश यादव, नेपाली काँग्रेसका जितेन्द्रनारायण देव, एमालेका सुमन प्याकुरेल र नेपाल संघिय समाजवादी पार्टीका मोहम्मद अख्तरगरि पाँचको उम्मेदवारी परेकोमा अब चुनाव हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ