News Category 2074/10/13
मधेशी दलले काँग्रेसमोह त्याग्नु पर्छ ः मातृका यादव
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
माओवादी केन्द्रका कार्यालय सदस्य तथा प्रदेश नं. २ का इन्चार्ज मातृका यादवले मधेशी दलले काँग्रेसमोह त्यागे मात्र मधेशी जनताको कल्याण हुने बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल सप्तरीले शुक्रबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश २ का इन्चार्ज यादवले बाम गठबन्धन मात्र मधेशको समस्या समाधान गर्न सक्षम रहेको दाबी गर्नुभयो ।
उहाँले मधेशी जनतामा अहिलेसम्म चेतनाको अभाव रहेको भन्दै मधेशवादी दलहरुको अदुरदर्शिताका कारण मधेशी जनताहरु के हो भन्ने मधेशी नेताहरु स्पष्ट नरहेको आरोप समेत लगाउनुभयो । इन्चार्ज यादवले बामगठबन्धनमा मधेश बारे विचार रहेको तर मधेशी जनताको भावनासँग आत्मसाथ नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो ।
जनताले बाम गठबन्धनलाई स्थायी सरकार बनाउने जनमत दिएको भन्दै यादवले संविधान संशोधन बाम गठबन्धनको सरकारले मात्र गर्ने जिकिर समेत गर्नुभयो ।
उहाँले मधेश पहाडसँग र पहाड मधेशसँग मिल्नुको विकल्प नरहेको भन्दै अनि मात्र मुलुककको समृद्ध विकास हुने धारणा राख्नुभयो । उहाँले अब बन्ने स्थायी बाम गठबन्धनको सरकारले मुलुकको समृद्ध विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
उहाँले माओवादी केन्द्र र नेकपा एमाले एक अर्कामा विलय नभएर दुबै पार्टीबीच एकता हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ