News Category 2074/10/14
बाम गठबन्धन सरकारको बिकल्प छैन ः कमल थापा
राजविराज÷राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताएका छन् । उनले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धन सरकारको विकल्प नरहेको समेत बताए ।
मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा काँग्रेस, एमाले र माओवादीले संवैधानिक जटिलताका बारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराई सरकार निर्माण गर्ने बारे मात्र उनीहरुले सोचेकोले अहिलेको संबैधानिक जटिलता आएको आरोप समेत लगाए ।
उनले अब बन्ने सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र समग्र आर्थिक विकासका लागि मुलुक अगाडी बढाउने अपेक्षा गरिएको उल्लेख गरे ।
यता मधेश केन्द्रित दल राजनीतिक स्वार्थमा आन्दोलन गरेको र उनीहरुको मुद्दा समेत स्पष्ट नरहेको बताउँदै मन्त्री थापाले प्रादेशीक मुद्दा उठाएर जनतालाई झुक्याई सत्तामा रहन मात्र मधेशी दलले आन्दोलन गरेको आरोप समेत लगाए ।
उनले नेपाली जनतामा अहिले पनि हिन्दु राष्ट्रको अभिमत नघटेको दाबी गर्दै अब सडकबाटै पार्टीले उठाएको एजेण्डालाई स्थापित गर्ने जिकिर गरे । उनले हिन्दु राष्ट्रको एजेण्ड बोकेको राप्रपाले पार्टी विभाजन, निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार खडा गर्न नसक्नु र काँग्रेससँग गरिएको तालमेलमा काँग्रेसले सहयोग नगरेकोले निर्वाचनमा हार व्यहोर्नु परेको बताए ।
यस्तै मन्त्री थापाले आगामी दिनमा राप्रपा रचनात्मक ढंगले मुलुकको राष्ट्रिय राजनीतिमा सक्रियता जनाइरहने बताए ।
उनले प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाको नागरिकता बंशज नै रहेको तर कसैले नागरिकता सम्बन्धमा दाबी बिरोध गरे त्यो अदालतबाट स्पष्ट हुने उल्लेख गरे । यद्दपी उनले प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाका भाई अभय गुरुङसँग फुटवल खेलेको र उनी भारतको दार्जिलिङ निवासी रहेको खुलासा समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ