News Category 2074/10/16
उद्योग विहीन औद्योगिक क्षेत्रमा उद्योग बढ्दै, बन्द रहेका चार उद्योगलाई लिलामी प्रक्रियामा लैजाने ः प्रमुख थापा
नवीनकुमार गुप्ता
राजविराज, १५ माघ ।
सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधारोन्मुख बन्दै गएको छ । जिल्ला सदरमुकाम राजविराजदेखी ३ किलो मिटर उत्तर राजविराज–रुपनी सडकखण्डस्थित रुपनी गाउँपालिका ५ बसबिट्टीमा पर्ने यो औद्योगिक क्षेत्रमा अहिले धमाधम उद्योगहरु संचालनमा आउन थालेका छन् ।
१० वटा उद्योगहरुसम्म संचालन गर्न सक्ने सेडहरु निर्माण भएको यस औद्योगिक क्षेत्रमा थप एक वटा आफ्नै लगानीमा सेड निर्माण गरिएको छ ।
कार्यालय प्रमुख संजय थापाले हाल खाली रहेको सेडहरुका लागि पनि विभिन्न उद्योग संचालनका लागि निरन्तर संवाद भइरहेको जानकारी समेत दिएका छन् ।
औद्योगिक क्षेत्रमा हाल दुग्धजन्य पदार्थ उत्पादन गर्ने मिलन डेरी उद्योग, मिनरल वाटरको बोतल निर्माण गर्ने महालक्ष्मी पेट इन्डस्ट्रिज र प्लाष्टिक पाइप निर्माण गर्ने कोशी पोलिमर्श संचालनमा रहेका छन् भने माँ भगवती कृषि टमाटो फुड इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग संचालनको तयारीमा रहेको छ ।
त्यस्तै उषा जल उद्योग र कान्तिपुर प्लाष्टिक निर्माणाधिन अवस्थामा रहेको छ भने एस एन को इलेक्टोर्स, माँ लक्ष्मी खाद्य उद्योग, पदमा ज्योती प्लाष्टिक र अल नेपलीज टी एण्ड कफी सेन्टर बन्द अवस्थामा रहेका छन् ।
यता वर्षौदेखी बन्द रहेका यी चार उद्योगहरुलाई बाँकि बक्यौताका लागि बारम्बार आग्रह समेत गरेको तर, हालसम्म कुनै सुनुवाई नभएकोले उद्योग संचालकलाई अन्तिम पटक पत्र काटेर अब लिलामी प्रक्रियामा लैजान लागेको प्रमुख थापाको भनाई छ । ती चारै उद्योगको २० लाख भन्दा बढी बाँकी बक्यौता रहेको छ ।
भारतीय लगानीमा बि.सं. २०४४ सालमा शिलान्यास भएको औद्योगिक क्षेत्र २०५१ सालमा निर्माण कार्य सम्पन्न भएपछि सोही वर्ष नेपाललाई हस्तान्तरण गरिएको थियो ।
साढे २२ विगाहा क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र शिलान्याश भएको स्थापना कालदेखी नै उद्योगविहीन रहेको थियो । यस औद्योगिक क्षेत्रको अवस्था २०६२÷६३ को जनआन्दोलन पश्चात् आएको राजनीतिक परिवर्तनपछि पनि खासै सुधारोन्मूक भएन् ।
औद्योगिक क्षेत्र भित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत, टेलिफोन, खानेपानी लगायत सम्पुर्ण सुविधा रहेको छ । यता उद्योगहरुको सुरक्षाकालागि औद्योगिक सुरक्षा वलका लागि समेत पहल भइरहेको छ । औद्योगिक क्षेत्रमा नेपाल सरकारको तर्फबाट कार्यालय प्रमुख सहित, २ जना प्राविधिक, एक जना लेखापाल र ५ जना कार्यालय सहयोगि गरि ९ जना कर्मचारी हाल कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ