News Category 2070/03/03
प्रतिबद्धता व्यक्तसहित सप्तरी सरसफाई सम्मेलन सकियो
दैनिक संवाददाता
राजविराज, २ असार ।
दुई दिने सप्तरी सरसफाई सम्मेलन आइतबार सम्पन्न भएको छ ।
फोहोरमैला व्यवस्थापनका विविध पक्ष, सरसफाई गुरुयोजना २०६८ को नीतिगत प्रावधान तथा कार्यान्वयनको अवस्था, स्थानीय निकायको अगुवाईमा सरसफाई अभियान, खुल्ला दिशामुक्त अभियानमा राजनीतिक दलको योदानका सम्भावनाहरुसहितका बिषयमा प्रस्तुतिकरण गरिदैं तथा शौचालय बनाउन र फोहोर नगर्ने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको हो ।
सरसफाई समन्वय समितिका सदस्य तथा संघिय मामिला तथा स्थानीय जिकास मन्त्रालयका उप सचिव रमेश अधिकारी, खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई इकाई प्रमुख रामचन्द्र साह, यूनिसेफ केन्द्रका नमस्तेलाल श्रेष्ठसहितकाले सरसफाईको विविध पक्षबारे जानकारी गराउनुभएको थियो ।
सम्मेलनमा सप्तरीको १ सय १४ वटै गाविसका सचिव, राजनीतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कर्मचारीहरु, संचारकर्मीहरुसहितको सहभागिता रहेको थियो ।
सम्मेलनको शनिबार जिल्ला विकास समिति सप्तरीको सभाहलभित्र एक कार्यक्रमकाबीच राष्ट्रिय सरसफाई निर्देशन समितिका अध्यक्ष तथा शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले उद्घाटन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ