News Category 2075/01/23
पत्रकार महासंघको प्रदेश निर्वाचनमा मन्त्रीदेखी सांसदसम्मले मतदान गरे
राजविराज÷नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले समेतले मतदान गरेका छन् । यस्तै सप्तरी शाखाबाट संघीय समाजवादी फोरम नेपालका प्रदेश नं. २ का मुख्य सचिव शम्भु झा समेतले मतदान गरे । उनी दुबै जना मध्ये मन्त्री साह साधारण सदस्य तथा झा सप्तरी शाखाका पूर्व सभापति हुन् ।
त्यस्तै प्रदेशसभाका सांसद रामआशीष यादव र सरस्वती चौधरीले धनुषा महासंघमा मतदान गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जलेश्वर शाखामा मतदान गरे । प्रदेशसभा सांसद यादव र मेयर मण्डल क्रमशः पत्रकार महासंघ धनुषा र महोत्तरीका पूर्व अध्यक्ष समेत हुन् ।
मन्त्री साह र सांसद यादव संघीय समाजवादी फोरमका नेता हुन् । चौधरी नेपाली कांग्रेसबाट सामनुपातिक प्रदेशसभा सांसद हुन् । मेयर मण्डल राष्ट्रिय जनता पार्टी (राजपा) बाट जितेका हुन् ।
यता नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री र प्रदेशसभाका सदस्यले नै मतदानमा समेत सहभागी भएका छन् ।
यसअघि नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लड्दा महासंघको सदस्यता त्याग गरेका थिए । उनी नयाँ शक्ति पार्टीबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ