News Category 2075/01/25
किर्ते नागरिकता प्रकरण सवइन्जिनियर देव धरौटीमा रिहा, भारतीय नागरिक अग्रवाल कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
किर्ते नागरिकता प्रकरणमा विगत एक सातादेखी थुनामा रहेका राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव सोमबार अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् ।
सोही प्रकरणमा पक्राउ परेका भारतीय नागरिक सतिश अग्रवाल भने अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
दुबै पक्षका कानुन व्यवसायीको तीन दिने लामो बहस सकिएपछि मुद्दाको सुनुवाई गरिरहेका सप्तरी जिल्ला अदालतका न्यायाधिश श्रीप्रसाद संजेलको एक इजलाशले किर्ते नागरिकता प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका सवइन्जिनियर देवलाई ७७ हजार रुँपैया धरौटी लिई थुना मुक्त गर्ने आदेश जारि गरेको हो ।
यस्तै भारतको हरियाणा राज्य हिसार जिल्ला निवासी अग्रवालको हकमा भने न्यायाधिश संजेलले पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो ।
यसअघि भारतीय नागरिक अग्रवाललाई सप्तरीबाट किर्ते नागरिकता प्राप्त गरेको उजुरीको आधारमा छानबीन पश्चात् र देवलाई सो किर्ते नागरिकतामा सिफारिस गरेको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी उपरिक्षक मुकेश सिंहका अनुसार अग्रवालले बिस २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लिएको नागरिकता हराएको भन्दै २०६४ सालमा नागरिकताको प्रतिलिपि लिएको र २०७३ सालमा पुनः नागरिकताको प्रतिलिपि लिएका थिए । उनका अनुसार अग्रवालले बिस २०७३ सालमा प्रतिलिपिका लागि गरेको आवेदनमा तत्कालिन वडा सचिवको जिम्मेवारी पाएका राजविराज नगरपालिकालिका सवइन्जिनियर देवले सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा अग्रवालले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । तर, उजुरी परेपछि खोजतलास गर्दै जाँदा अग्रवालले २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गरेको कुनै अभिलेख फेला नपरेपछि छानबिन गर्दै जाँदा दुबैलाई पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ