News Category 2075/01/27
हावाहुरीले करोडौंको क्षति चार सय कुखुरा चल्ला मरे
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
बुधबार बिहान आएको हावाहुरीले सप्तरीको विभिन्न स्थानमा करोडौं मुल्य बराबरको धनमाल क्षति भएको छ । पानीसँगै परेको असिनाले सप्तरीको विभिन्न ठाउँमा आँप, लिच्ची र तरकारी बालीमा क्षति पुगेको छ ।
हावाहुरीसँगै आएको असिनापानीका कारण सप्तरीमा मात्र एक करोड भन्दा बढी मूल्य बराबरको तरकारी, आँप र लिच्चीमा क्षति पुगेको जिल्ला कृषी कार्यालयका बरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिएका छन् । असिना र हुरीले आँपको टिकला झारेर ठूलो क्षति प्ुयाएको छ ।
त्यस्तै रुपनी गाउँपालिका १ की सावित्रीदेबी यादवको घरको टिनको छाना उडाउदा उनी घाइते भएकी छिन् । खुट्टामा चोट लागेर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तकोशी नगरपालिका ९ का सुर्यनारायण यादवको कुखुरासहितको फर्म उडाउँदा चार सय चल्ला मरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त फर्ममा करिब तीन लाख मुल्य बराबरको कुखुराका चल्ला रहेको थियो ।
यता हुरीले सप्तकोशी नगरपालिका ८ स्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलको छाना उडाएको छ । बाँसको टाँटीको बेरा र टिनको छानो भएको बिद्यालयको ११ वटा कक्षा कोठाको छाना उडाउँदा सात लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि हनुमाननगर कंकालनी नगरपालिका १ स्थित कोशी पलारमा लगाइएको केरा खेती नष्ट भएको छ । करोडौंको लगातमा स्थानिय किसानहरुले लगाएको केराको बोट हावाहुरीका कारण भाचिनुको साथै दाना लागेका केरा समेत नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए ।
सो क्षेत्रमा करिब पाँच सय बिगहामा लगाइएको केराको बोट अधिकांश हावाहुरीबाट भाँचिएर क्षति भएको स्थानिय कृषकहरु बताउँछन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ