News Category 2075/02/01
प्रदेश २ कै पहिलो वडा छिन्नमस्ता ३ जाति विभेद र छुवाछुत मुक्त वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउपालिका ३ प्रदेश नं. २ को पहिलो जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा भएको छ ।
गाउँपालिकामा सोमबार आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छिन्नमस्ता गाउँपालिका ३ लाई जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा गरेका हुन् ।
मन्त्री साहले पानसमा दिप प्रज्जवलन तथा जातिय विभेद र छुवाछुत मुक्त लेखिएको ब्यानर पढेर जातिय विभेद तथा छुवाछुत मुक्त वडा घोषणा गरे । सो अवसरमा उनले कुरिति र कुसंस्कारका रुपमा रहेको जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्न प्रदेश सरकारले ठोस रणनीति निर्माण गरी अघि बढने प्रतिबद्घता जनाए । छुवाछुतको व्यवहारलाई कानुनले नै निषेध गरेकाले यसलाई पूर्ण निषेधका लागी स्थानिय जनप्रतिनिधि, समुदायका अगुवा बुद्घिजिवी, पत्रकार लगायत सवैले योगदान दिनु पर्ने पर्नेमा उनले जोड दिए ।
यस्तै मधेशी दलित विकास महासंघ सप्तरीका कार्यक्रम संयोजक दिपेन्द्र पासवानले एकाईसौ शताब्दीमा पनि जातका आधारमा मानविय विभेद हुुनु दुर्भाग्यपूर्ण भएको भन्दै आफुहरुले आगामी दिनमा समेत जिल्लाका अन्य वडा, गाउँ र नगरपालिकामा यसका लागी सक्रियता साथ पहल गर्ने बताए ।
वडा अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित घोषणा सभामा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नरायण मण्डल, लगायतले जातिय विभेद र छुवाछुत अन्त्यका लागी मिलेर काम गर्ने साझा प्रतिबद्घता व्यक्त गरेका छन् । उनीहरुले अन्य वडा, गाउँ र नगरले पनि कार्य योजना बनाएर अघि बढनु पर्ने सुझाव पनि दिए ।
यसअघि जातिय विभेद र छुवाछुतको भयाबह अवस्था रहेको उक्त वडामा मधेशी दलित विकास महासंघले अवाज परियोजना अन्तर्गत वडा कार्यालयको समन्वयमा २ वर्ष सम्म जातिय विभेद र छुवाछुत विरुद्घ जागरण अभियान चलाएको थियो ।
अभियान अन्तर्गत मानव अधिकार मैत्री गाउँ बारेको मुल संदेश र सुचकहरु सहितको होडिङ्ग बोर्ड स्थापना, सुचना सामग्री प्रकाशन र वितरण, स्थानिय एफ.एम. रेडियोबाट संदेश प्रवाह, सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी र घरदैलो लगायतका कार्यक्रम गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ