News Category 2075/02/01
एक सय एघार वर्षीय झबर अझै साइकल चलाउछन्
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरीमा एक जना १ सय ११ वर्षीय व्यक्ति भेटिएका छन् । जिल्लाको छिन्नमस्ता गाउपालिका २ मा बिस. १९६४ सालमा जन्मिएका नेपाली नागरिक हुन् झवर मियाँ ।
उनले भर्खरै २०७४ कार्तिक २४ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जन्मसिद्द नागरिकता प्राप्त गरेका उनको नागरिकता नं. ८०९५२७७४ हो ।
उमेरको प्रभावले शरीर चाउरी पर्न थालेको मियाँको अनुहार खुम्चिदै कपाल पनि फुल्न थालेको छ । उनले वंश चलाउन छोरा पाउने आशमा ५ वटा विहे समेत गरेका छन् । सवै श्रीमतिको निधन पनि भईसक्यो तर, पनि छोरा पाउने उनको लालसा भने पुरा हुन सकेन ।
छोरा नजन्मिए पनि अव उमेरले साथ नदिदा वाँकी जीवन छोरी, एक दर्जन वढी नाति नतिनी र इष्टमित्र कै साथ र सहयोग लिएर विताउने उनको इच्छा छ ।
हाल उनी राजविराज ४ स्थित नुरीजामा मस्जिदमा आश्रय लिई जिवन बिताइरहेका छन् । बिस. १९९९ मा पहिलो विवाह गरेका उनले पहिलो श्रीमतिबाट छोरा नजन्मिए पछि वंश हांक्ने उत्तराधिकारीको आशमा एक पछि अर्को गर्दै ५ वटा श्रीमति भित्रयाए । तर, कसैबाट छोरा जन्मिएन । उनको हसिना, वेचनी र सकिला खातुन गरी ३ वटा छोरी मात्र छन । सवै छोरीको विहे पछि जन्मिएका १४ वटा नाती नतिनी सगैं रमाउदै उनको जीवन र दिनचर्या अघि वढेको छ ।
उनी दैनिक नमाज र प्रार्थना सगैं वचेको केही समय मदरसाका वालवालिकालाई पनि पढाएर विताउने गरेका छन । नाति नातिनी सँग खेल्दै रमाउँदै बँचेको समयमा उनी नुरी जामामस्जिदका मौलाना इमाम साहेवसगैं मिलेर मुस्लिम समुदायका वालवालिकालाई पढाउने गरेका छन् ।
उनको खानपान र अन्य आवश्यकताको पुर्ती सवैको जोहो नुरी जामा मस्जिद मदरसा व्यवस्थापन समितिले नै मिलाइ दिएको मौलाना इमाम साहेवले वताए । वुढ्यौली उमेरमा उनी साइकल चलाउदै विभिन्न कार्यक्रम र समारोहमा समेत सहभागि हुने गरेका छन् । यति उमेर पुगी सक्दा पनि शारीरीक व्यायाम र उचित खानपानका कारण कुनै रोगले छुन सकेको छैन् । उमेर र शारीरीक अवस्थालाई ध्यानमा राखी लामो दुरीमा भने वस र अन्य सवारी साधनको प्रयोग गर्ने गरेको उनले वताए ।
यता जीवनको उतरार्ध तथा वुढ्यौली उमेरमा पनि उनले देखाएको सकृयताको कदर र सम्मान गर्दै उनलाइ मदर फाउण्डेशन नामक संस्थाले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । समाजिक क्षेत्रमा क्रियाशिल मदर फाउण्डेशनका प्रमुख समेत रहेका जनकपुर राजविराज उच्च अदालतका न्यायधिश सल्लाउदिन सिदिकीले झवरले यो उमेरमा पनि देखाएको सकृयता र वालवालिकालाई दिइरहेको शिक्षाको कदर गर्दै सम्मान गरिएको वताए ।
यस्तै ज्येष्ठ नागरिक प्रति घर, समाज तथा राष्ट्रबाटै सम्मानजनक व्यवहार गर्नु पर्ने मुस्लिम समाजका केन्द्रीय सचिव एवं समाजसेवी मो. हासिम अन्सारीको सुझाव छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ