News Category 2070/09/09
गाविस सचिवले कामै नगरी रकम झ्वाम्म पारेको खड्गपुरबासीको आरोप
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
सप्तरीको खड्गपुर गाविसका सचिव मो. अहमद हुसेनले कामै नगरी लाखौ रुपैयाँ भ्mवाम्म पारेको स्थानियबासीहरुले आरोप लगाएका छन् ।
आर्थिक बर्ष २०६९÷०७० को बजेटमा सो गाविसको मन्दीरदेखि निमाविसम्म करिब ५ सय मिटर बाटो ग्राभेल गर्न छुट्टयाइएको २ लाख ७५ हजार रकम कामै नगरी अनियमितता गरेको स्थानियहरुको आरोप छ ।
त्यस्तै खड्गपुर गाविस–२ मा बिजुलीबत्तीका लागि ३ लाख रकम छुट्टयाए तापनि हालसम्म एउटा पोल गाडीएको छैन् । १० वटा बिजुलीको पोल र ट्रान्सफर्मरका लागि उक्त रकम छुट्टयाइएको उपभोक्त समितिका अध्यक्ष बिजुली रामले जानकारी दिनुभयो ।
रामका अनुसार सो स्थानमा बिजुलीबत्ती जडान भए ४० देखि ५० घरपरिवार लाभाम्वित हुनेछ । तर गाविस सचिव हुसेनलाई सो सम्बन्धमा पटक पटक ताकेदा गर्दा रकम फ्रिज भएको बताउँदै आएको रामको कथन छ । यस्तै सामुदायिक भवनका लागि २०६९÷०७० मा छुट्टयाइएको २२ हजार रकम समेत सचिवले निकासा नगर्दा भवन अधुरै रहेको उपभोक्ता समिति अध्यक्ष रामउमेश दासले जानकारी दिनुभयो ।
सो भवनका लागि आर्थिक बर्ष २०६८÷०६९ मा ३३ हजार निकासा भएपछि पिलर र छाना मात्र निर्माण हुन सकेको दासको भनाई छ ।
यस्तै खड्गपुर गाविस–३ स्थित निमाविमा शौचालय पुर्ननिर्माणका लागि छुट्टयाइएको ४५ हजार रकममा मात्र १० हजार रकम निकासा भएको सो बिद्यालयका प्रअ बृजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
रकम आभावका कारण शौचालय अधुरै रहेको र शौचालयको आभावमा बिद्यार्थीहरुलाई समस्यामा हुँदै आएको प्रअ यादवको कथन छ ।
गाविसको बिकासका लागि छुट्टयाइएको रकम निकास बारे पटक पटक ताकेदा गर्दा रकम निकास गरि बिकास निर्माणका काम अघि बढाउने आश्वासन गाविस सचिव अहमदबाट पाउँदै आएको बताउँदै स्थानिय रञ्जित यादवले अबिलम्ब बिकास निर्माणका काम शुरु नभए गाविस सचिव बिरुद्ध संघर्ष गर्ने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ