News Category 2075/02/16
राजविराज कारागारबाट १४ कैदीबन्दी रिहा
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
गणतन्त्र दिवसको अवसरमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेको १४ जना कैदीबन्दीहरु रिहा भएका छन् ।
४० प्रतिशत कैद भुक्तान गरि रिहा भएका ती १४ जना कैदी बन्दीहरु मध्ये दुई जना महिला, एक भारतीय र सात जना सप्तरीका रहेका छन् ।
रिहा भएकाहरुमा महोत्तरीका रामदेव यादव, इलामका पम्फा राई, धरमपुर सप्तरीका सुनिल सदा, रुपन्देहीका कृष्णमान जोशी, सुनसरीका बिनायम मानन्धर, भारतका अमर राय, सिरहाका अन्तीलाल चौधरी, छिन्नमस्ता सप्तरीका पुरन कुमार मण्डल, बभनगामाकट्टीका संजयकुमार सिंह, पकरी सप्तरीका बिन्दु यादव, मोरङका ईसराइल मियाँ, सकरपुरा सप्तरीका जिवछी देवी खंग मण्डल, ठेलिया सप्तरीका मोतीलाल राउत र सोही स्थान निवासी सोतीलाल राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८ सय १६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफ गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ