News Category 2070/09/10
निर्माण भएको १७ महिनामै पुल चर्कियो
दैनिक संवाददाता
राजविराज, ९ पुस ।
सत्र महिना बित्न नपाउँदा सप्तरीको सिम्रहा सिगियोन गाविसस्थित घोडदह नदीमा निर्माण भएको पक्की पुल चर्किन थालेको छ ।
नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि विकास आयोजना सम्भाग १ अन्तर्गतको कमर्सियल एग्रीकल्चर एलाइन्स (सिएए) को ४९ दशमलव २१ प्रतिशत, जिल्ला विकास समिति सप्तरीको १७ दशमलव ३५ र गाविस उपभोक्ताको ३४ दशमलव ४४ प्रतिशत लगानीमा गत २०६९ साल असार २९ गते निर्माण सम्पन्न भएको उक्त पुल चर्किन थालेको हो ।
घोडदह नदी सानो पुल निर्माण उपभोक्ता समिति सिमराहा सिंगियौन र समुदायिक साझेदारीमा निर्माण भएको सानो पक्की पुलको बिभिन्न भाग चर्किएको छ । गुणस्तरहीन सिमेन्ट, छड लगायतका निर्माण सामग्री प्रयोग गरि पुल निर्माण गरिएकाले पुल चाडै चर्किन थालेको स्थानियहरुको आरोप छ ।
कमर्सियल एग्रीकल्चर एलाइन्स (सिएए) को रु. ५२ ला ९४ हजार ८ सय ३६, जिल्ला विकास समिति सप्तरीको रु. १८ लाख ६६ हजार ७ सय ५५ तथा गाविस उपभोक्ताको रु. ३५ लाख १७ हजार ३ सय ५५ को लागतमा निर्माण भएको सो पुल डेढ बर्षमै भत्किएपछि त्यसमा अनियमिमता भएको हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् ।
यता सप्तरीका स्थानिय विकास अधिकारी कृष्ण प्रसाद सापकोटाले सो पुल निर्माणमा भएको खर्चको केही रकम निकासा हुन बाँकी रहेकाले सोही खर्चबाट पुल मर्मतका लागि उपभोक्ता समितिलाई आग्रह गर्ने र उपभोक्ता समितिले मर्मत नगरेको खण्डमा जिविस आफैले मर्मत गरी रकम कट्टा गरी निकासा दिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ